महिला विश्वकप फुटबलमा पुर्व विजेता नर्वेले नकआउट सम्भावना कायम राखेको छ। मंगलबार समूह ‘ए’ अन्तर्गत न्युजिल्यन्यान्ड स्थित वाइकाटो स्टेडियममा भएको खेलमा नर्वे र स्विटजरल्यान्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे।
पहिलो खेलमा नर्वे सह-आयोजक न्युजिल्यान्डसँग सनसनिपूर्ण रुपमा पराजित हुन पुगेको थियो। तर मंगलबारनै न्युजिल्यान्ड फिलिपिन्ससँग पराजित भएपछि नर्वेको पनि नकआउट सम्भावना कायम रहेको थियो। नर्वे लगातार दोस्रो खेलमा गोल गर्न असफल भयो। अन्तिम समयमा स्टार खेलाडी एडा हेङ्बर्गलाई गुमाएको नर्वेले स्विटजरल्यान्ड विरुद्ध गोलका केही राम्रा मौका गुमायो। १३ सट प्रहार गरेको नर्वेले ४ सट टार्गेटमा राखेपनि गोल गर्न चुक्यो।
अब अन्तिम चरणको खेलमा नर्वेले फिलिपिन्सको सामना गर्ने छ। यदि नर्वेले फिलिपिन्सलाई हराएमा र स्विटजरल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेमा नर्वे नकआउटचरणमा स्थान पक्का गर्ने छ। सह-आयोजक न्युजिल्यान्डमाथि भने नकआउटचरणमा पुग्न अन्तिम खेलमा स्विट्जरल्यान्डलाई हराउनै पर्ने दबाब रहेको छ।