शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्तालाई फेरि पक्राउ गर्नेबारे निर्णय लिन सर्वोच्चको आदेश

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्तालाई फेरि पक्राउ गर्नेबारे निर्णय लिन सर्वोच्चको आदेश

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताले न्यायिक प्रक्रियामा असहयोग गरेको ठहर गर्दैै उनीहरुलाई पक्राउ गर्नु पर्ने वा नपर्नेबारे निर्णय लिन आदेश दिएको छ।

पुनरावेदन अदालत पाटनले थुनछेकमा दिएको आदेशलाई सदर गर्दै सर्वोच्चले न्यायिक प्रक्रियामा असहयोग गरेका नेविसंघका कार्यकर्ताहरु हरिप्रसाद आचार्य, योगेन्द्र रावलसहितलाई पक्राउ गर्ने र उनीहरुको सम्पत्ति रोक्का राख्नेबारे निर्णय लिन भनेको हो।

२०७७ सालमा चलाउनेमाथि निर्घात कुटपिट गरेपछि उनीहरुविद्धरु ज्यान मार्ने उद्योगको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर भएको थियो। मुद्दाको थुनछेकमा जिल्ला अदालत काठमाडौँ २०७७ साल मंसिर १५ गते जनही ५५ हजार धरौटीमा रिहा गरेको थियो।

त्यसविरुद्ध दुवै पक्षले दिएको निवेदनमाथि आदेश गर्दै उच्च अदालत पाटनले २०७७ फागुन १३ गते जनही पाँच लाख धरौटी लिन र चलाउनेलाई अन्तरिम क्षतिपूर्ति बापत एक लाख दिन आदेश दिएको थियो। तर आरोपी नेविसंघका कार्यकर्ताहरुले जिल्ला अदालतमा तारेख गुजारेको, दिनुपर्ने अन्तरिम क्षतिपूर्ति नदिएको देखिएको पाइएको छ।

उच्चको आदेशविरुद्ध सर्वोच्चमा परेको थुनछेक आदेशविरुद्धको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सुष्मलता माथेमा र हरि फूयालको संयुक्त इजलासले प्रतिवादीहरुलाई पक्राउ गर्ने र उनीहरुको सम्पत्ति रोक्का राखेर मुुद्दाको बाँकी कारबाही अघि बढाउने विषयमा निर्णय लिन आदेश दिएको छ। मुलुकी अपराध कार्यविधि संहिता २०७४ को दफा ८७ ले न्यायिक कार्यलाई असहयोग गर्नेलाई पक्राउ गर्ने र सम्पत्ति रोक्का राख्न सक्ने व्यवस्था गरेको छ।

आइतबार जारी आदेशमा भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्याविधि संहिता ।२०७४ को दफा ६७ बमोजिमको थुनछेक आदेश हुँदा धरौटी तारेखमा रहेको उल्लिखित प्रतिवादीहरुलाई उच्च अदालत पाटनले केही परिवर्तन गरी धरौट बापतको रकम वृद्धि गरी पीडित प्रेम चलाउनेलाई प्रतिवादीहरुबाट जनही रु।१,००,०००र (एक लाख रुपैयाँ) अन्तरिम (राहत) क्षतिपूर्ति स्वरुप निजको बैंक खातामा जम्मा गर्नु भन्ने समेत आदेश दिएकोमा सबै प्रतिवादीहरुले जिल्ला अदालतको तारेख टुटाई थाम्ने थमाउने अवस्था नरहेको भन्ने मिसिल संलग्न कागजबाट देखिएकोले र प्रतिवादी सयुज श्रेष्ठ र रविन कुमार लामाले पीडितको खातामा जम्मा गर्नुपर्ने अन्तरिम (राहत) क्षतिपूर्ति बापतको रकम जम्मा गरेको समेत नदेखिई अदालती प्रक्रियामा पुयाउन पर्ने सहयोग गरेको देखिएन। निजहरुका हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८७ बमोजिमको व्यवस्था आकर्षित हुन पर्ने नपर्ने एकिन गरी आवश्यक कारवाही गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू।’

सरकारले नेविसंघका कार्यकर्तामाथि लागेको मुुुद्दा फिर्ता लिने निर्णय गरेर सर्वोच्चले नै अन्तरिम आदेशमार्फत रोकेको अवस्थामा आइतबारको आदेशले सरकारले योजनामा थप अवरोध सिर्जना गरेको छ। न्यायाधीश मनोज शर्माको इजलासले असार ७ गते चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

यो पनि पढ्नुहोस्

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

८ घण्टा अगाडि
माकुने प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर लागिपरेको आरोप

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छः ओली

१२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

नक्कली नोटसहित पक्राउ

९ मिनेट अगाडि
भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

बालबन्दीहरूबीच झडप हुँदा एक जनाको मृत्यु

१५ मिनेट अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१७ मिनेट अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

१८ मिनेट अगाडि
विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

५१ मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist