काठमाडाैं | एक महिना रोकिएको चर्चित टेलिभिजन सिरियल ‘हल्का रमाइलो’ प्रसारणमा आएको छ । आइतबार बेलुका १ सय ८८ भाग प्रसारणमा ल्याउँदै सिरियललाई निरन्तरता दिइएको हो । यो भाग कमेडी र सन्देशले भरिएको छ ।
वान–एक्स बेट प्रकरणमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’सहितका कलाकार पक्राउ परेपछि सिरियलको प्रसारण रोकिन पुगेको थियो । केही साताअघि अदालतको आदेशमा उनीहरु रिहा भएका थिए ।
‘हल्का रमाइलो’ प्रसारणमा आए पनि ‘बल्छी धुर्बे’ र ‘राजु मास्टर’को अर्को सिरियल ‘जुठे’ प्रसारणमा आउन भने केही समय लाग्ने जनाइएको छ ।
छायांकनका लागि उपत्यकाबाहिर जानुपर्ने भएकाले यो सिरियल आउन केही समय लाग्ने बताइएको छ ।