अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबलमा एतिहासिक रुपमा उपाधि दाबेदार फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको छ। त्यस्तै आइतबारकै अन्य खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २-१ ले पराजित गर्दा अर्को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १-० ले पराजित गर्यो।
उपाधि होडमा सुरुवातबाटै बलियो बन्ने प्रयासमा रहेको फ्रान्सलाई आफ्नो उद्घघाटन खेलमा सनसनिपूर्ण प्रदर्शन गर्दै जमैकाले गोलरहित बराबरीमा रोक्यो। सिड्नीमा भएको खेलमा पाँचौ वरियता र युरोपियन सुपरस्टार खेलाडीले भरिएको फ्रान्स पहिलो पटक जैमका सँग बराबरीमा रोकिएको हो। बराबरीसँगै समूह ‘एफ’ मा दुबै टिमले १-१ अङ्क जोडे।
त्यस्तै समूह ‘जी’ को खेलमा स्विडेनले दक्षिण अफ्रिकामाथि २-१ को जित निकाल्यो। न्युजिल्यान्डको वेलिङटनमा खेलको ४८ औं मिनेटमा मागियाको गोलबाट दक्षिण अफ्रिकाले अग्रता लियो। तर ६५ मिनेटमा स्विडेनकी फ्रिडोलिना रोल्फोले बराबरी गोल फर्काउँदै टिमलाई खेलमा फर्काइन। खेलको अन्तिम मिनेटमा अमान्डाले गोल गरेपछि स्विडेनले रोमाञ्चक जित निकाल्न सफल भयो।
त्यस्तै आइतबारनै भएको समूह ‘ई’ को खेलमा पोर्चुगलमाथि नेदरल्यान्ड्सले १-० को जित निकाल्यो। न्युजिल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सको जितमा स्टेफिन भान डेर ग्राक्टले १३ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो।