शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

लाज छोप्न पनि नसकिने अवस्थाको नेताहरुको नांगोपन !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण
सरकारले धेरै बजेट छुट्याउने र विकास निर्माणसँग जोडिएको मन्त्रालयको रुपमा चिनिन्छ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । तर, यही मन्त्रालय नै लामो समयदेखि काम गर्ने ठेकेदार, तिनीहरुलाई संरक्षण गर्ने राजनीतिक नेतृत्व, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता, बजेट खर्चमा अक्षमता र गुणस्तरहीन कामको कारण बद्नाम रहँदै आएको छ । तर, यसको असर भने समग्र देशको विकासमा पर्दै आएको छ । विकास निर्माणमा हुने अनियमितता, ढिलासुस्तीले अन्य क्षेत्रको विकासमा पनि असर पार्दै आएको हो ।
नयाँ आर्थिक वर्ष २०८१÷८१ सुरु भइसकेको छ । यस आर्थिक वर्षमा सरकारले भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्ब रुपैयाँले घटाएको छ । बजेटको आकार घटाए पनि पूर्वाधार क्षेत्रको आयोजनाहरुलाई प्रभावकारी बनाउन विभिन्न कानुनी व्यवस्था गरेको सरकारले दाबी गरेको छ । आयोजना निर्माणका लागि जग्गा प्राप्ति प्रक्रियालाई सरल र सहज बनाउन जग्गा प्राप्ति ऐनलाई संशोधन गरी जग्गाको मुआब्जा निर्धारण मालपोत कार्यालय, स्थानीय तह र धितोका लागि बैंकले गरेको मूल्यांकनअनुसार नै गरिने भएको छ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाइने सरकारको दाबी छ । दुर्गम र पिछडिएका क्षेत्रका आयोजनाको रकम अन्यत्रै सार्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बजेट भाषणको क्रममा उल्लेख गरिएको छ ।
हरेक वर्षजसो सरकारले निर्माणकार्यलाई चुस्तदुरुस्त बनाउने दाबी गर्दै आएको छ । त्यसैको निरन्तरतास्वरुप यस वर्ष पनि त्यस्ता प्रतिबद्धता गरिएका हुन् । तर, त्यसको कार्यान्वयन भने हामी सबैले भोग्दै आएका छौं । सरकारले आफ्नो बजेट भाषणमा निर्माण व्यवसायीलाई सक्षम र पारदर्शी बनाउन नियमित अनुगमन गरिने, राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य आयोजनाको हकमा स्रोत सहमतिको अवधि जम्मा तीन वर्ष, कुनै पनि आयोजनाका लागि सहमति दिएको ९ महिनासम्म ठेक्का सम्झौता नगरेको खण्डमा सहमति स्वतः खारेज हुने जनाएको छ । तर, त्यसको कार्यान्वयन कति होला भन्ने आशंकाकै विषय छ ।
किनभने सरकारले यसअघि राष्ट्रिय गौरवका आयोजनाकै अवस्था बिजोग छन् । सरकारले निर्माणमा प्राथमिकता दिनकै लागि ती आयोजनालाई गौरवको घोषणा गरेको हो । तर, ती आयोजनाकै निर्माण नसकिएर पटकपटक काम गर्ने अवधि थप्नु दुर्भाग्यको कुरा हो । उदाहरणका लागि मध्यपहाडी (पुष्पलाल) राजमार्गलाई लिन सकिन्छ । यो राजमार्ग निर्माण थालेको १५ वर्ष पुगिसकेको छ । यसक्रममा दुई पटक म्याद थप्दा प्रगति गत वैशाखसम्म ६५.३५ प्रतिशत मात्र भएको छ । यस्तै, आयोजनाको सुरु लागत अनुमान ३३ अर्ब ३६ करोड रुपैयाँ हो । संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अहिलेसम्म ५९ अर्ब ६९ करोड रुपैयाँ खर्च भइसकेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको विस्तार थालेको ४ वर्ष पुग्दा पनि हालसम्म २० प्रतिशत मात्र काम भएको छ । गौरवकै आयोजना हुलाकी राजमार्ग निर्माण थालेको १३ वर्ष पुगे पनि प्रगति ८० प्रतिशतको हाराहारीमा छ । यो आयोजनाको निर्माण अवधि सकिने क्रममा छ । तर, उक्त समयमा काम नसकिने भएपछि आयोजनाको समय थपेर २०८१÷८२ सम्म पु¥याइएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा निर्माण सकिने भनिएको उत्तर–दक्षिण (कोसी करिडोर) को ४५ प्रतिशत मात्र काम सकिएको छ । तोकिएको समयमा पनि आधाभन्दा कम प्रगति देखिएपछि यसको म्याद २०८३÷८४ सम्म पु¥याइएको छ । कालीगण्डकी करिडोर (उत्तर–दक्षिण) अन्तर्गत गैंडाकोट–मालढुंगा खण्डको निर्माण २०६६÷६७ बाट थालिए पनि अहिलेसम्म प्रगति ४५ प्रतिशत मात्र छ । २०८०÷८१ मा निर्माण सक्नुपर्ने भए पनि प्रगति सोचेअनुरूप नभएपछि यसको समय बढाएर २०८२÷८३ पु¥याइएको छ । उत्तर–दक्षिण कर्णाली करिडोरको काम २०६५÷६६ बाट सुरु भए पनि अहिलेसम्म प्रगति ३३ प्रतिशत मात्र छ । आयोजना सुरु गर्दा काम २०७० भित्र सक्ने भनिए पनि पछि समय थपेर २०७९÷८० पु¥याइएको थियो । उक्त समय सकिदा प्रगति ४० प्रतिशत हाराहारीमा छ भने समय थपेर २०८३÷८४ पु¥याइएको छ ।
नेपालका सबैजसो आयोजना समयकै सकिएको उदाहरण कमै छ । यस्तो हुनुको कारण हो, आयोजना पूरा गर्न सरकारको उदासीनता । अर्कोचाहिँ, नेता, कर्मचारीदेखि यसमा संलग्नहरु भ्रष्टाचारमा संलग्न हुनु, काम नगर्ने ठेकेदारलाई संरक्षण गरिरहनु । त्यही कारण मिलेमतोमा काम नगर्ने ठेकेदारलाई विभिन्न आयोजनाको ठेक्का दिइरहने प्रवृत्ति देखिन्छ । यसले विकास निर्माणमा अवरोध पु¥याएको त छँदै छ नै आयोजनाहरुको लागत पनि बढाइरहेको छ । कुनै पनि आयोजनाको निर्माण थालनी गर्दा एउटा लागत अनुमान गरिएको हुन्छ । तर, समयमै काम नसकिँदा र निर्माण अवधि लम्बिँदा हरेक वस्तुको लागतमा पनि वृद्धि हुन्छ । यसले राज्यलाई नोक्सानी बढ्छ । अर्कोतर्फ त्यस आयोजनाबाट राज्य तथा जनताले पाउने लाभ पनि कम हुन्छ । अर्कोतर्फ ठेकेदारले जति लापरबाही गरे पनि उनीहरुलाई उन्मुक्ति दिनेगरी खरिद नियमावलीमा पटकपटक संशोध नगरिँदे आएको छ । त्यसकारण यस्ता बेथितिलाई नियन्त्रण मन्त्री तथा सम्बन्धित मन्त्रालयका अधिकारीले नियन्त्रणमा जोड नदिएसम्म समग्र सरकारको कार्यप्रगति देखिने छैन । सरकारले विकास निर्माणको क्रममा कहाँ के कमजोरी छ, के बेथिति छन् भन्ने पहिचान गर्न र गलत क्रियाकलापलाई निरुत्साहित गर्न बजेट भाषणमा उल्लेख गरेपनि लाज नछोपिने गरी गतिबिधिहरु भैरहेका छन्, जस्मा नेताहरु नै नांगिएका देखिन्छन् । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

१ वर्ष अगाडि

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

लेबनानमा हवाई आक्रमण हुँदा दुई जनाको मृत्यु

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

कर्मचारी ट्रेड युनियन ऐन भत्काउने अभियान अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक