काठमाडौं । सरकारले स्थानीय तहमा समायोजन र मिलान भएका कर्मचारीहरुलाई फिर्ता नपठाई यथावत राख्न देशभरका स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई फिर्ता नपठाई यथावत काम गराउन परिपत्र गरेको हो । केही स्थानीय तहले कर्मचारीहरुलाई फिर्ता गरेको गुनासो आएको भन्दै मन्त्रालयले त्यस्तो काम नगर्न परिपत्र गरेको हो ।
संघीयता कार्यान्वयनका क्रममा सरकारले निजामती सेवामा कार्यरत कर्मचारीलाई स्थानीय र प्रदेश तहमा समायोजन गरेको थियो । त्यतिबेला लोकसेवा आयोगले पनि प्रतिस्पर्धा गराई सोझै स्थानीय तहमा नियुक्तीका लागि पठाएको थियो ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरु कार्यरत र जान चाहेको दुवै स्थानीय तहको सहमतीमा सरुवा हुदै आएका छन् । केही साताअघि बागमती प्रदेशले अन्य प्रदेशबाट बागमतीमा आएका स्थानीय तहका कर्मचारीहरुलाई फिर्ता पठाइने भनी परिपत्र गरेको थियो ।
परिपत्र लगत्तै केही स्थानीय तहहरुले समायोजनपछि सरुवा भएका कर्मचारीहरुलाई फिर्ता पठाउन शुरु गरेका थिए । यसले झनै बेथिती निम्तने भन्दै मन्त्रालयले उनीहरुलाई यथावत राख्न स्थानीय तहहरुलाई परिपत्र गरेको हो ।
हेर्नुहोस् मन्त्रालयको परिपत्र :