आइत, अशोज ७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
सङ्घीय सदनको बैठक बस्दै

काठमाडौं । संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरु प्रभावित बनेका हुन् । हाल समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ ।

निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको बताइएको छ । राजनीतिक दलहरुले आपसी समझदारीमा समिति सभापतिको भागबण्डा गरेको कुरा नेताहरुले बताउँदै आए पनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन ।

सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न समितिमा गरी १० वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको बताउनुभयो । उहाँले राज्य व्यवस्था तथा सुशासन समितिमा चार, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एक, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा एक, कानुन, न्याय तथा मानव अधिकार समितिमा दुई, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दुई वटा विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिनुभयो । त्यसबाहेक प्रतिनिधि सभामा ६ वटा विधेयक प्रक्रियामा रहेका जानकारी दिनुभयो ।

प्रवक्ता गिरीले भन्नुभयो, ‘‘विभिन्न समितिमा १० वटा विधेयक विचाराधिन छ । भन्नाले संशोधनसहित दवाफार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएर प्रतिनिधि सभाका विभिन्न समितिहरुमा १० वटा विधेयकहरु विचाराधिन छन् । जसमध्ये राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा विधेयक, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एउटा विधेयक, कृषिमा एउटा विधेयक, कानून समितिमा दुईवटा विधेयक, शिक्षा तथा स्वास्थ्य समितिमा दुई वटा विधेयक समितिमा पठाइएको छ दफावार छलफलका लागि । त्यसैगरी प्रतिनिधि सभामा प्रक्रियामा रहेका विधेयकको संख्या अहिले ६ वटा छ, त्यो बाहेक ।’’

उहाँले समिति बैठक हालसम्म गम्भीर प्रकृतिका विषयवस्तुहरुमा प्रवेश नगरेको बताउनुभयो । समिति सभापतिको नेतृत्वमा समिति चलाउँदा नै समितिको सक्रियता र क्रियाशीलता बढ्ने उहाँको भनाइ छ । उहाँले समिति निर्वाचनपछि समितिले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता गिरीले भन्नुभयो, ‘‘कतिपय अवस्थामा गम्भीर प्रकृतिका विषयवस्तुहरुमा समिति अहिले प्रवेश गरिहालेको अवस्था पनि देखिँदैन । सभापतिको निर्वाचन भइसकेपश्चात सभापतिले नै समिति चलाउँदाखेरी समितिको सक्रियता, प्रभावकारिता अभिवृद्धि भएको पहिला पनि देखिएकै हो । तसर्थ सभापतिको निर्वाचन भएपछि नै समितिले थप गति लिने हामीले विश्वास गर्नसक्छौँ ।’’

प्रवक्ता गिरीले समितिहरुमा सार्वजनिक हीत र सरोकारका विषयमा उजुरीहरु परिराखेका पनि बताउनुभयो । उहाँले समितिले उजुरी उपर सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने जानकारी दिनुभयो । यस अघिकै कतिपय उजुरीहरु पनि यथावत रहेका र नयाँ उजुरीहरु पनि परिरहेका उहाँको भनाइ छ ।

‘‘अहिले नियमावलीमा पनि सार्वजनिक हीत, सरोकारका विषयहरुमा उजुरी लिन सक्ने भन्ने समितिको कार्यसूचीभित्र परेको विषय छ । विभिन्न समितिहरुमा समितिको कार्यक्षेत्र भित्रका विषयहरुमा उजुरीहरु क्रमशः अथवा प्राप्त भइ नै रहन्छन् नियमित प्रक्रिया नै उजुरी प्राप्त गर्ने । उजुरीको प्राथमिकता निर्धारण गर्दै समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सम्बन्धित पक्षलाई बोलाउने त्यो विषयमा के भएको थियो जानकारी लिने लगायतका विभिन्न प्रक्रिया अवलम्वन गरेर उजुरीमाथिको एकखालको संसदीय सुनुवाई, त्यो फेरी विशेष सुनुवाइ चाहिँ होइन । उहाँहरुले त्यसलाई अगाडि बढाउने पहिला पनि हुन्थ्यो ।,’’ प्रवक्ता गिरीले भन्नुभयो, ‘‘अहिले त झन नियमावलीमा भएको व्यवस्था पनि भयो । उजुरीको सम्बन्धमा कुरा गर्नुपर्दा पहिला सम्बन्धित समितिमा जो अहिले पनि मिल्छन् । ति उजुरीहरुलाई निरन्तरता दिने भन्ने केही पक्षहरु पनि देखिन्छन् भने केही अवस्थामा चाहिँ के गर्ने भन्ने अवस्था पनि रहन्छ । लेखा समितिमा चाहीँ अघिल्लो कार्यकालमा लगभग १२१ वटा उजुरी परेको अवस्था रहेछ । र अहिले पनि उजुरी दर्ता हुने क्रम भइ नै राखेको छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘त्यसैगरी विभिन्न समितिहरुमा उजुरी प्राप्त भइ नै राखेको भन्ने जानकारी छ । कार्यपालिकाबाट सम्पादन हुने कामहरुको निगरानी पनि संसदीय समितिहरुको अर्को प्रमुख कार्य हो । निगरानीको क्रममा आम नागरिकबाट सार्वजनिक हीतको विषयमा यसरी कार्यसम्पादन हुँदाखेरी कुनै खालका गुनासाहरु छन् कि भन्ने दृष्टिकोणमा आधारित भएर सार्वजनिक हीतसँग सम्बन्धित विषयमा समितिहरुले आफ्नो कार्यक्षेत्र भित्रका विषयमा उजुरी लिन सक्ने भन्ने अहिलेको नियमावलीमा व्यवस्था छ । निगरानीको एउटा औजारको रुपमा त्यहाँनिर राखिएको हो ।’’

उहाँले कार्यपालिकाबाट सम्पादन हुने कामहरुको निगरानी संसदीय समितिले गर्ने भएकाले समितिको काम प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

‘‘त्यसैगरेर अहिले प्रत्यायोजित व्यवस्थापन, संसदले कार्यविधि, नियमावली, आदेश, विनियम बनाउनका लागि अधिकार प्रत्यायोजन गरेको छ, त्यो मुल ऐनसँग कत्तिको बाझिएको छ ? अथवा प्रत्यायोजित व्यवस्थापन अनुसार बनेको छ कि छैन ? भनेर विस्तृत रुपमा परिक्षण गर्न सक्ने पनि अहिलेको नियमावलीमा उल्लेख छ ।,’’ प्रवक्ता गिरीले भन्नुभयो, ‘‘त्यसै गरेर समितिले दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था तीन/तीन महिनामा सम्बन्धित निकायले सम्बन्धित समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि अहिलेकोमा छ । लगायतका विविध पक्षहरु समितिलाई थप गतिशिलता दिन । समितिको कार्यलाई थप व्यवस्थित गर्नका लागि अहिलेको नियमावलीमा भएको कार्यक्षेत्रलाई अलिकति विस्तृतिकरण गरिएको अवस्था पनि हो ।’’

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

५ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

५ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

९ घण्टा अगाडि
बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

९ घण्टा अगाडि
पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

१० घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक १९.४२ अंकले घट्याे

१० घण्टा अगाडि
लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

१० घण्टा अगाडि

लोकप्रिय

  • ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    0 shares
    Share 0 Tweet 0
  • बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा बिहार आसपासको न्यून चापीय प्रभाव

    0 shares
    Share 0 Tweet 0
  • पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

    0 shares
    Share 0 Tweet 0
  • बीआरआईमा नेपालको सक्रिय सहभागिता रहन्छ : प्रधानमन्त्री दाहाल

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

डलरको भाउमा नयाँ रेकर्ड कायम

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

शिक्षकको मर्यादा तोकिनेदेखि यस्ता छन् ६ बुँदे सहमति

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist