काठमाडौं । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबीच गत वर्षको श्रावण ५ गते युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तेज बहादुर तामाङले पञ्चकन्या गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे ।
हेफरले ४४ जिल्लाका करिव ४ लाख पिछडीएका गरिब परिवारहरुलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संथाले हाल सम्म २७० सामाजिक उद्यमी महिला सहकारीहरू मार्फत वित्तीय पहुँच पुर्याउन सहजीकरण गर्दै आएको छ ।