काठमाडौँ – बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणिकरणका राष्ट्रपति समक्ष पेश भएको छ।
सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयकहरु प्रमाणित गरी राष्ट्रपति समक्ष पेश गरेका हुन्।
सभामुख घिमिरेले प्रमाणिकरणका लागि पठाइको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणित गरेर संविधानको धारा ११३ बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएका हुन्।
राष्ट्रपति पौडेलले पनि शुक्रबार नै विधेयक प्रमाणिकरण गर्ने तयारी गरेका छन्। त्यससँगै आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित हुनेछ। साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुँदैछ।