काठमाडौँ – सहरी विकासमन्त्री एवं कांग्रेस नेत्री सीता गुरुङले देशको तस्बिर बोलेर नभई काम गरेर देखिनुपर्ने बताएकी छन्।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको चित्र बोलेर नभई सबैले यहाँ छु भन्ने हिसाबले देखिनु आजको आवश्यकता भएको बताइन्।
उनले कांग्रेसमा सबै जातजातिको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको बताइन्। उनले कांग्रेस सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धेरै नबोलेर तर व्यावहारिक रूपमा विधानमै लेखाएर थुप्रै राम्रा कामलाई अघि बढाएको बताइन्।
मन्त्री गुरुङले अन्य दलले ठूलो भाषण गरेर आश्वासन बाँडे पनि अन्य पार्टीको विधानमा व्यवस्थित संरचनामा सहभागिताको सुनिश्चितता गर्न नसकेको बताइन्।