दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल युद्धग्रस्त मुलुक युक्रेन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । शनिबार उनी आफ्नी पत्नी किम क्योन हीसहित युक्रेन प्रस्थान गरेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेयता १७ महिनापछिको यही उनको पहिलो विदेश भ्रमण पनि हो ।
भ्रमणको क्रममा युक्रेनको राजधानी किभ नजिकैका दुई सहर बुचा र इरपिन पनि उनी पुगेका छन् । यी त्यस्ता सहर हुन् जहाँ गत वर्ष रूसी सेनाहरू त्यहाँबाट हटेपछि आम नागरिकहरूको सामूहिक चिहान भेटिएको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले शनिबार नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै छन् ।
अमेरिकाको सहयोगी मुलुकको रुपमा चिनिएको दक्षिण कोरियाले पछिल्लो समय युक्रेनलाई हतियार उपलब्ध गराउनुपर्ने दबाब सामना गर्दै आएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । जवकि दक्षिण कोरियाले छिमेकी उत्तर कोरियालाई रुसले गर्ने गरेको मानवीय र आर्थिक सहायताको प्रतिरोध गर्दै आएको छ ।
डेढ वर्षअघिदेखि रुससँग युद्धरत युक्रेनमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको भ्रमणलाई अनपेक्षित नठानिए पनि यसलाई महत्त्वका साथ हेरिएको छ ।