काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
अध्यक्ष ओलीलाई भेट्न सहायक विदेशमन्त्री लू एमालेको पार्टी कार्यालय च्यासल पुगेका थिए।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितको विषयमा छलफल भएको बताइएको छ। त्यसक्रममा लूले एमसीसीको विषयमा पनि कुराकानी गरेको बुझिएको छ।
आजै काठमाडौँ आइपुगेका उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका थिए।