शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लम्पी स्किन प्रभावित किसानलाई राहत उपलब्ध गराउन माग

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
लम्पी स्किन प्रभावित किसानलाई राहत उपलब्ध गराउन माग

काठमाडौं । महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै नेकपा एमालेका सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरे।

उनले सो रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च गर्न माग गरे।

सांसद रामहरि खतिवडाले देशका विभिन्न स्थानमा यस रोगका कारण रोपाइँको समयमा गोरु मर्दा किसानले खेतीपाती गर्न सक्ने अवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा कर्मचारीलाई मात्रै पक्राउ नगरी त्यसको निर्णय प्रक्रियामा सहभागी उच्च राजनीतिक नेतृत्वलाई पनि पक्राउ गर्न माग गरे। उनले उक्त जग्गा बिक्री गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए।

सांसद रणेन्द्र बराइलीले हालै जुम्लामा जातीय विभेदका कारण घर जलाइएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए। अन्तरजातीय विवाहको विषयलाई छुटाउनका लागि अन्य मुद्दा लगाइएको, देशव्यापी रुपमा दलितले उच्च भनिने जातिबाट ज्यादती बढेको उल्लेख गर्दै उनले विद्यमान ऐन तथा कानुनका आधारमा कारबाहीको दायरामा ल्याउन माग गरे।

सांसद रवि लामिछानेले मिटरब्याज पीडितलाई राहत दिनका लागि ल्याइएको विधेयक आजको बैठकको कार्यसूचीमा किन राखिएनरु भन्ने प्रश्न राखे। उनले मिटरब्याज पीडितलाई राहत दिने विषयमा आफूहरु स्पष्ट रहेको र आगामी बैठकमा त्यसलाई कार्यसूचीमा राख्न आग्रह गरे। मिटरब्याजको पासोमा जनतालाई पार्ने विषय आफूहरुलाई सह्य नभएको उनको भनाइ छ।

सांसद ज्ञानेन्द्र शाहीले २१औँ शताब्दीमा जातीय छुवाछूतको घटना कम हुन नसकेको उल्लेख गरे। उनले दलित समुदायको व्यक्ति कार्यकारी प्रमुख नहुँदासम्म सो समुदायले राहत नपाउने बताए। उनले जुम्ला घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे।

सांसद प्रदीप यादवले जलवायु परिवर्तनका खडेरी पर्दा बारा र पर्साका किसान प्रभावित भएको बताए। उनले रोपाइँको समयमा किसानले मल, बिल नपाएको, नहर सफाइ नभएका कारण किसानले सहज रुपमा रोपाइँ गर्न नपाएको गुनासो गरे।

सांसद अम्मरबहादुर थापाले दैलेखको महाबु–३ का धिरजबहादुर खत्रीको परिवार भारतको सिमलामा मजदुरी गर्न गएको र खाना पकाउने क्रममा ग्यास विस्फोट भई जनधनको क्षति भएकाले पीडित परिवारलाई उद्धार गर्न तथा नेपाल ल्याउने व्यवस्था गर्न माग गरे।

सांसद अमरेशकुमार सिंहले ललितानिवास जग्गा प्रकरणमा टिप्पणी लेख्नेलाई धमाधम पक्राउ गर्ने तर निर्णय गर्नेलाई कारबाहीको दायरामा नल्याउने प्रवृत्ति गलत भएको बताए।

राजनीतिक नेतृत्वको संलग्नतामा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएकाले दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरे। दोषीलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारलाई रुलिङ गर्न उनले सभामुखको ध्यानाकर्षण गराए।

सांसद प्रभु साहले रौतहटका एक किसान खेतमा काम गर्दा गर्दै चर्को घामका कारण निधन भएको पाइएकाले राहत दिन सरकारको ध्यानाकर्षण गराए। उनले पछिल्ला केही दिनमा करेन्ट लागेर रौटहटमा दैनिकजसो नै नागरिकको ज्यान गएको भए पनि नेपाल विद्युत् प्राधिकरणले ध्यान नदिएको बताए।

सांसद रोशन कार्कीले लम्पी स्किन रोगका कारण हजारौँको सङ्ख्यामा पशु चौपाया मरेको विषयमा सदनमा व्यापक बहस हुनुपर्ने र किसानलाई राहत दिनुपर्ने बताइन्।

सांसद शान्ति विकले सम्पूर्ण दलित समुदाय सम्मानपूर्वक बाँच्न पाउने कानुनी प्रबन्ध भए पनि देशव्यापीरुपमा सोही समुदायमाथि ज्यादती भएकाले दोषीमाथि कारबाहीको दायरामा ल्याउन माग गरिन्।

सांसद ठाकुर गैरेले भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर नबनाउन र मिटरब्याज पीडितलाई राहत दिने विषयमा शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद अशोककुमार चौधरीले पछिल्ला दिनमा भएको अविरल वर्षाका कारण कोशी नदीले केही स्थानमा कटान गरेकाले मानव बस्ती जोखिममा परेको पाइएकाले कोशी ब्यारेजको सबै ढोका खोल्ने व्यवस्था गर्न माग गरे।

सांसद रघुजी पन्तले मिटरब्याज पीडितलाई राहत दिनका लागि ल्याउने भनिएको विधेयक आजको बैठकमा किन ल्याइएन भन्ने प्रश्न गरे। उनले तनहुको चुँदी रम्घामा रहेको आदिकवि भानुभक्तको जन्मस्थलमा रहेको घर आगलागीका कारण खण्डहर रहेकाले त्यसको पुनः निर्माण गर्न माग गरे।

सांसद प्रेम सुवालले समसामयिक राजनीतिक विषय र बेथितिका उदाहरण पेस गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए।

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

४ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

४ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

४ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist