विराटनगरको सडकमा एक जना साइकलमा सवार युवालाई मुक्काले हानेर लडाएपछि सडकमा घिसारेको भिडियो भाइरल बनेको छ ।साइकल चालकले नहेरी बाटो काटेको भनि विराटनगर १९का आयुष भेटवालले मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर तानेका थिए । घटना असार १९ गते साँझको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
१९ वर्षीय आयुष भेटवाललाई प्रहरीले गत बिहीबार नै पक्राउ गरेको थियो।उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेका थिए।
प्रहरीले बाटो काट्दा नहेरी बाटो काटेको रिसमा आयुषले बाटो काट्ने साइकलमा सवार विराटनगर ४ का पवन साहालाई कुटपिट गरेको जनाएको छ ।
‘पुरानो रिसीइवी र चिनजान केही पनि देखिएन’ मोरङ प्रहरीका प्रवक्ता रञ्जन कुमार दाहालले भने, ‘एयर फोन लगार हिँडेका साहाले हर्न बजाउँदा पनि नसेपछि भेटवालले मुक्का प्रहार गर्दै सडकमा लडेपछि घिसारेको बयानका क्रममा बताएका छन् ।’
अमानवीय तवरले कुटपिट गरेको अभियोगमा भेटवाल विरुद्ध जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।
घटना भएका बेला कारमा सवार अन्य दुई जना विरुद्ध पनि मुद्दा चलाइएको छ । तर उनीहरू फरार छन् ।भेट्नुवाल कलेज पढ्ने विद्यार्थी हुन् । साहा भने ज्याला मजदुरी गर्दै आएका छन् ।
दाहालले भने, ‘यस अघि पुरानो भेटघाट र रिसीइवी भएको देखिन्न । नहेरी बाटो काटेको रिसमा भेटवालले कुटेपछि कारमा सवार अन्य दुई जनाले पनि कुटपिटमा सहयोग गरेको देखिएको छ ।’भेटवाललाई घटना भएको १० घण्टापछि प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको दाहालले बताए ।
घटना अनुसार असारको १९ गते साँझ विराटनगर ४ का २७ बर्सिया पवन साहा साइकलमा धरान विराटनगर सडकको दूध फारम नजिक बाटो काट्दै थिए । उनको दुवै कानमा एयर फोन लगाएका छन् ।
आफ्नै सुरमा बाटो काट्दै गरेको साहा माथि एक जना युवाले कुद्दै आएर मुक्का प्रहार गर्छन् । अलि परतिर कार रोकिएको देखिन्छ । कारबाट ओर्लिएर आएका युवाले मुक्का प्रहारबाट साइकलमा सवार व्यक्ती सडकमा पछारिन्छन् ।
सडकमा पछारिएका साहाको दुवै खुट्टा समातेर मुक्का प्रहार गर्ने व्यक्तिले घिसार्छन् । साइकलमा सवार व्यक्तिको मुखबाट रगत बगेको देखिन्छ ।