काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गरेका छन्।
पौडेलले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी सीताको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले दिवंगत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीपत्नी दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।