काठमाडौं । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाका विरुद्ध बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको,दाङमा डेराबाट निकालिएको लगायतका प्रतिनिधिमुलक घटनाका साथै देशभर भएका जातिय विभेदका विरुद्ध मोर्चाले खबरदारी गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर,मलाई विभेद स्वीकार्य छैन,षड्यन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।