शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कांग्रेसमा नेतृत्व फेर्न युवाको दबाब

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
कांग्रेसमा नेतृत्व फेर्न युवाको दबाब

काठमाडौँ – नेपाली कांग्रेसमा पार्टी नेतृत्व परिवर्तनको बिषय जबर्जस्त उठेको छ। संस्थापन इतरसमूहले सभापति शेरबहादुर देउवा र उनीनिकट नेता कार्यकर्ताको कार्यशैली रुचाएका छैनन्। नेतृत्व सच्चिनुपर्ने अन्यथा नेतृत्व नै फेर्नुपर्ने प्रयासमा इतर समूह लागेको देखिन्छ।

सभापतिले पार्टीभित्र समूहगत र सार्वजनिक रुपमा सबैको आवाज नसुनिदिँदा सञ्चार माध्ययम र सामाजिक सञ्जालबाट आफ्नै नेता कार्यकताका विरोधको सामना गर्दै आएका छन्। विरोधका स्वरहरु थेगिनसक्नु भएपछि बुधबार केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ।

पार्टीको विधानमा हरेक दुई महिनाको एक पटक केन्द्रीय समिति बैठक राख्नुपर्ने प्रावधान भएपनि गत वर्षको साउनदेखि बैठक बस्न नसक्दा इतर समूहको आक्रोशले देउवामा दबाब बढेको छ। नेतृत्वको कार्यशैली नफेरिए विशेष अधिवेशन अथवा ‘अर्ली अधिवेशन’ मार्फत नेतृत्व र संसदीय दलको नेता फेर्ने सम्मका प्रयासहरु इतर समूहको छ।

मंसीर ४ को चुनावको समीक्षा गर्न भन्दै केन्द्रीय समिति बैठक आह्वान गरेर तीन पटकसम्म स्थगित भएको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णयहरु अनुमोदन गर्न समेत केन्द्रीय समितिको बैठक बस्न सकेनन्। चुनावपछिसम्म तत्कालिन चुनावी गठबन्धन टिकाउन नसकेको, सरकारमा मात्रै ध्यान केन्द्रित भएको,पार्टीमा छलफल नै नगरी भातृ संघहरुको जिम्मा तोकिदिएको जस्ता दर्जनौँ आरोपहरु देउवामाथि छन्।

पार्टी भद्रगोल हुँदा समेत केन्द्रीय समितिको बैठक नराख्ने, निर्वाचन/उपनिर्वाचनको समेत समीक्षासम्म नगर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पार्टीका नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन नगर्ने, सभापति देउवा पत्नीसमेत रहेकी प्रतिनिधिसभा सांसद, पार्टीकी केन्द्रीय सदस्य आरजु राणाको नक्कली भुटानी शरणार्थी प्रकरणको अडियो विवादबारे पार्टीको अधिकारिक धारणा नबनाउने, पार्टीको तर्फबाट सरकारमा सहभागी भएकाहरु यथास्थितिमै बस्ने गरेको जस्ता विभिन्न कारणले इतर समूह विद्रोही वा हस्तक्षेपकारी ढंगले अघि बढेको हो।

पार्टी सभापति वा संसदीय दलको नेता हटाउन नेताविरुद्ध अविश्वास प्रस्ताव राख्न सकिने पार्टी विधानमै व्यवस्था भएकाले नेतृत्व नसच्चिएको खण्डमा उक्त प्रक्रियामा पनि जान सक्ने मनस्थितिमा इतर समूह पुगेको छ। सभापति देउवा आफैँले पनि हिजोका दिनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्ध एक पटक अविश्वासको प्रस्ताव राखेको घटना इतर पक्ष र पार्टीका युवा नेताले स्मरण गरेका छन्।

विद्रोही र हस्पक्षेपकारी भूमिकामा महामन्त्रीद्धव गगन थापा र विश्वप्रकाश शर्मा अग्रमोर्चामा छन्।

उनीलाई साथ दिने युवाको जमात पनि बढ्दै छ। प्रतिनिधिसभा सांसद समेत रहेका युवा नेता प्रदीप पौडेलले आफूहरु जबर्जस्त नेतृत्वको विरोधमा उत्रिन खोजेको नभई भएको कुरा बोलेको तर्क गर्छन्। पार्टीमा उठेका सम्पूर्ण विषयलाई नेतृत्वले कसरी लिन्छ त्यसका आधारमा आगामी योजना बन्ने उनको भनाइ छ।

‘नेतृत्व सच्चिने ढंगबाट अघि बढ्यो भने धेरै समीक्षा नहोला, पार्टीको बैठक समय समयमा हुनुपर्थ्यो, विधानमा भएका अनिवार्य विषय पनि उठाइरहनुपर्छ, यसलाई अन्त्य गरिनुपर्छ, कांग्रेस स्थानीय तहदेखि केन्द्रसम्मै सरकारमा छ तर हामीले कसरी जनतालाई सुविधा दिएका छौँ भनेर समीक्षा भएको छैन, पार्टीले स्पष्ट रोडम्याप दिन सकेका छौँ वा छैनौँ त्यो पनि अर्को बिषय हो, सदस्यता वितरण, वितरण प्रणाली र राष्ट्रिय मुद्दाका बिषयमा स्पष्ट हुनुपर्नेछ,’ पौडेलले भने।

पौडेल थप्छन्, ‘कांग्रेस नेता कार्यकर्ताहरु कांग्रेसमै रहेर पार्टी सुधार्न चाहन्छन् तर नेतृत्वसँग असन्तुष्टि धेरै छन् जुन बैठक आह्वान गरेको कारण आवाज उठाउने परिस्थिति बनेको छ। नेतृत्व सच्चिन बाध्य हुने गरी आवाज उठाइनुपर्छ, आन्तरिक छलफलमा निर्मम ढंगबाट समीक्षा गर्ने, नेतृत्वले गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने अन्यथा अहिले हाम्रो पार्टीले जे गर्नु पर्ने हो त्यो गर्नुपर्छ। पार्टीभित्र पूर्ण पुर्नजागरणको स्थिति आउनुपर्छ।’

‘निर्मम, सशक्त र धारिलो ढंगबाट समीक्षा गर्नुपर्छ भन्ने परिस्थिति बनेको छ। त्यसले नयाँ कार्यकर्ताहरु अन्त कतै जाँदै छन् भनेर आत्तिने नभई प्रतिस्पर्धात्मक राजनीतिमा हामी पनि सोहीअनुसार तयार हुनुपर्छ,एजेन्डा प्रस्तुत गर्नुपर्छ। कार्यकर्ताले अवसर पाएनन् भनेर गुनासो गरेका छन्,आफ्ना मान्छेहरुलाई मात्रै अवसर दिइयो, मूल्याङ्कनको कुनै आधार तोकिएन यसलाई विधिले व्यवस्थित गर्नुपर्छ। छलफल हुने बाटो बनेको छ यसले कांग्रेस सच्चिन सक्छ भन्ने अपेक्षा छ,’ उनले भने। ‘नेतृत्व कति सुधारवादी हुन्छ अथवा समस्यालाई कसरी लिन्छ त्यसले पार्टीको भविष्य निर्धारण गर्छ तर सुधार हुने कुनै संकेत भने देखिएको छैन, पार्टी र यसमा जोडिएका लाखौं नेता–कार्यकर्ताको भविष्यका लागि पनि नेतृत्व परिवर्तन हुनुपर्छ, कांग्रेसको संगठन शिथिल बन्दा नयाँ दलहरुमा कार्यकर्ताको आकर्षण देखिँदै छ।’

सभापतिले चुनावी सरकारको नेतृत्व गर्दा पार्टीको भविष्य के हुने भन्ने ठूलो चिन्ता पनि इतर समूहको छ।

इतर पक्षका एक नेता भन्छन्, ‘नेतृत्व कति सुधारवादी हुन्छ अथवा समस्यालाई कसरी लिन्छ त्यसले पार्टीको भविष्य निर्धारण गर्छ तर सुधार हुने कुनै संकेत भने देखिएको छैन, पार्टी र यसमा जोडिएका लाखौं नेता–कार्यकर्ताको भविष्यका लागि पनि नेतृत्व परिवर्तन हुनुपर्छ, कांग्रेसको संगठन शिथिल बन्दा नयाँ दलहरुमा कार्यकर्ताको आकर्षण देखिँदै छ।’

पार्टी सभापति देउवा निकट मानिने केन्द्रीय सदस्य सीता देवकोटा पाण्डे भने कांग्रेसलाई कमजोर देखाउन मात्रै नेताहरुका असन्तुष्टिहरु बाहिर ल्याइएको तर्क गर्छिन्। सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा आएजस्तो पार्टीमा कुनै समस्या नभएको उनको दाबी छ। पार्टीका विभाग गठन, कार्यसम्पादन समिति बैठकले गरेका निर्णय अनुमोदन र समसामयिक बिषयबस्तुमाथिको छलफल नै बुधबार सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डाहरु रहेका उनले बताइन्।

नीति अधिवेशन पनि केन्द्रीय समिति बैठकको एजेन्डा भित्रै पर्ने र १५ औँ अधिवेशन नभई नेतृत्व फेरिन नसक्ने समेत उनले ठोकुवा गरिन्। पार्टीले आगामी भदौमा नीति अधिवेशन गर्ने तयारी गरेको छ। गत वर्ष भदौ ५ गते नेता प्रदीप गिरीको निधनमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो। तर त्यसयता पार्टी सभापति देउवाले विभिन्न बहाना बनाएर केन्द्रीय समिति बैठक छल्दै आएका हुन्।

गत पुसमा तत्कालीन गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि कांग्रेसमा नेतृत्वको चर्को आलोचना भयो। कांग्रेस नेतृत्वले समयमै तयारी नगर्दा गठबन्धन टुटेको भन्दै समीक्षा गर्न कांग्रेस बैठक बोलाउन माग उठेका थियो । तर देउवाले बैठक बोलाउन चाहेनन्। प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग तत्पर भएपछि कांग्रेसको संस्थापन पक्षले थोरै भए पनि राहतको महसुस गरेको थियो।

त्यसपछि देउवाले केन्द्रीय समिति बैठकभन्दा पनि कार्यसम्पादन समिति बैठक र पदाधिकारी बैठकबाटै कांग्रेसले गर्ने निर्णय अनुमोदन गराउँदै आएका छन्। पार्टी केन्द्रीय समितिमा बहुमत भए पनि किन देउवाले केन्द्रीय समिति बैठक टार्दै आएका छन् भन्ने कुरामा कांग्रेसमै चर्को असन्तुष्टि छ। पार्टी महामन्त्रीद्वय थापा र शर्माको थप प्रभाव बढ्न नदिन,उनीहरूलाई पार्टी निर्णयमा हाबी हुन नदिन संस्थापन पक्षकै केही नेताका कारण देउवाले बैठक सार्दै आएका थिए।

तर यसपटक महामन्त्रीद्वयले कुनै पनि हालतमा नरोकिने, देशभर पार्टी नेतृत्वको स्वेच्छाचारीविरुद्ध नेता कार्यकर्तामा जाने अडान लिएपछि सभापति देउवा केन्द्रीय समिति बैठक बोलाउन तयार भएका हुन् भन्दा फरक नपर्ला। तर,केन्द्रीय समिति बैठक बोलाउने विषयमा उनले पार्टीका महामन्त्रीद्वयलाई पनि जानकारी नगराएको बुझिएको छ। पार्टी सभापतिलाई केन्द्रीय समिति बैठक बोलाउने, केन्द्रीय सदस्य मनोनीत गर्ने, नेताहरूको कार्यविभाजन गर्ने, केन्द्रीय विभाग, भ्रातृसंगठनको नेतृत्व चयन गर्ने अधिकार छ। तर, यी सबै अधिकार भए पनि सभापति देउवाले पार्टी चलायमान गर्न कुनै काम नगरेको देखिएको छ।

निर्वाचन, सरकार गठन, राष्ट्रपति निर्वाचन, उपनिर्वाचन जस्ता विभिन्न घटना देखाएर बैठक नै नराखेपछि पार्टीमा तीव्र असन्तुष्टि उत्पन्न भएको हो। पार्टी महामन्त्री शर्माले त पदाधिकारी बैठकमै आफूले महामन्त्रीबाट राजीनामा दिनेसम्मको चेतावनी दिए।

मन्त्री नियुक्तिमा एकलौटी र उपनिर्वाचनमा उम्मेदवार उठाउँदा कसैसँग पनि सल्लाह नगरेको भन्दै देउवा स्वेच्छाचारी ढंगले चल्न थालेपछि महामन्त्री थापाले तीव्र असन्तुष्टि जनाएका थिए। उनले आफूले अब धैर्यता लिन नसक्ने चेतावनी समेत दिदै आएका छन्।

यो पनि पढ्नुहोस्

राष्ट्रपति संसद जाँदा सर्वसाधारणले सास्ती नपाउने

राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्नसके सबैका समस्या समाधान हुने

४ घण्टा अगाडि
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

६ घण्टा अगाडि

त्यसपछि पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई प्रविधि अनुरुप ढाल्ने, पार्टीको नियमावली र कार्यालय सञ्चालन गर्न निर्देशिका तयार, पार्टीलाई ब्यबस्थित गर्ने, स्थानीय जनप्रतिनिधिहरूलाई अनुशिक्षण कार्यक्रम राखेको, जिल्ला सभापतिहरूको भेला पार्टी कार्यालयमा राख्ने काम गरे।

संस्थापन पक्षका केही नेताले देउवालाई अझै बैठक नबोलाउन दबाब दिँदै आएका थिए । तर अब पार्टीलाई तल्लोस्तरसम्मै परिचालन गर्न महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय सदस्यलाई प्रत्येक जिल्लामा पठाउने तयारी गरेपछि सभापति देउवा छलफल आह्वान गर्न बाध्य भएका देउवा निकट एक नेताले देश सञ्चारलाई बताए।

ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

४ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

४ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

४ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

४ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist