सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

भाग्यले जित्याे सर्वाधिक पाँच अवार्ड

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भाग्यले जित्याे सर्वाधिक पाँच अवार्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । काठमाडौंमा तीन दिनसम्म सञ्चालन भएको ११ औं संस्करणको नेपाल–अफ्रिका फिल्म फेस्टिवलमा नेपाली कथानक चलचित्र  ‘प्रकाश’ ले सर्वोत्कृष्ट नेपाली फिचर फिल्मको अवार्ड जित्न सफल भएको छ ।

सोमबार साँझ सम्पन्न भएको महोत्सवमा अन्तर्राष्ट्रिय विधातर्फ लिसिनियो एजेभेदी निर्देशित मोजाम्बियाको चलचित्र ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ ले सर्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड जितेको छ ।

गीति चलचित्र ‘भाग्य’ ले महोत्सवमा सर्वाधिक पाँच वटा अवार्ड जित्न सफल भयो । यो फिल्मले जुरी अवार्डसहित सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री नीता ढुंगानाले जितिन् । ‘भाग्य’ बाटै रोशनकुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भयाे । ‘भाग्य’ बाट अभिनेतातर्फको जुरी अवार्ड अभिनेता एसराज सुरज गराचले प्राप्त गरे भने सह–अभिनेताको अवार्ड सुनिल कटुवालले प्राप्त गरे ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले आयोजना गरेको यो महोत्सवमा अन्तर्राष्ट्रियतर्फ ११ देशका १० वटा अफ्रिकन फिल्म तथा नेपालका १२ वटा लामा–छोटा फिल्म प्रदर्शन गरिएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा संगीतकार शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा बेस्ट अफ्रिकन डक्युमेन्ट्रीको अवार्ड जिम्बावेको वृत्तचित्र कलिङ द डेडले जित्यो भने बेस्ट अफ्रिकन सर्ट फिल्मको अवार्ड केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट फिल्म बाटु वाटोले जित्यो । घानाको सर्ट फिल्म याबाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जितिन् ।

अन्तराष्ट्रियतर्फ अफ्रिकन फिल्मको निर्णायकमा अभिनेता आर्यन सिग्देल, निर्देशक सुदर्शन थापा, पत्रकार पारस प्रकाश नेपाल, गायिका तथा आदिवासी संगीतविज्ञ भुमा लिम्बु तथा अभिनेता, गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा थिए ।

राष्ट्रिय विधातर्फ नेपाली फिल्मको प्रतिस्पर्धामा ‘प्रकाश’ बाट निर्देशक दिनेश राउतले सर्वोत्कृष्ट फिल्मको अवार्ड जिते । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्ट तथा ‘मान्छे मान्छे’ गीतबाट एलिस कार्कीले सर्वोत्कृष्ट संगीतकारको अवार्ड हात पारे । सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘प्रेमगञ्ज’ तेज गिरीले जितेका थिए ।

सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘परिवार’ बाट बसुन्धरा भुसालले हासिल गरिन् भने सर्वोत्कृष्ट छायांकनको अवार्ड चलचित्र ‘हुक्का’ बाट कृष्णबहादुर थापाले तथा सर्वोत्कृष्ट सम्पादकको अवार्ड चलचित्र ‘परिवर्तन’ बाट वीरेन्द्र भाट विपीनले प्राप्त गरे ।

नेपालीतर्फ नै बेस्ट सर्ट फिल्मको अवार्ड प्रधुम्न मिश्र निर्देशित लोकेसन नेपालको फिल्म ‘दुविधा’ ले पायो भने बेस्ट डक्युमेन्ट्रीको अवार्ड ‘डेडिकेसन’ (समर्पण) बाट निर्देशक रोशनी केसीले प्राप्त गरिन् ।

स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा नेपाल फिल्म क्याम्पसका सामलकुमार बज्राचार्यले चलचित्र ‘हावाम्यान’ बाट बेस्ट स्टुडेन्ट फिल्मको अवार्ड जिते ।

राष्ट्रियतर्फको निर्णायकमा निर्देशक सत्यराज चौलागाईं, एरेन्जर अमोस तामाङ, गायकद्वय नमराज ढुंगाना, नारायण थापा र ध्वनि सम्पादक मनोज परियार थिए ।

समारोहमा आआफ्नो क्षेत्रमा योगदान पुऱ्याएको भन्दै अन्तर्राष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, अन्तराष्ट्रिय मेकअप आर्टिस्ट सुष्मा पौडेल (गीता) र संगीतकार सरोज कोइराला सम्मानित भए ।

महोत्सवको दोस्रो दिन वीरेन्द्र हमालले माइम एक्टसम्बन्धी विभिन्न १८ जना विद्यार्थीलाई एक दिवसीय अभिनय प्रशिक्षण दिएका थिए ।

महोत्सवमा नेपाली सर्ट फिल्मको अन्तर राष्ट्रिय बजार विषयमा भएको अन्तक्रियामा चलचित्र विकास बोर्ड सदस्य राजु केसी, यस महोत्सवका कोअर्डिनेटर चिरञ्जीवी गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुशान्त श्रेष्ठले नेपाली सर्ट फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा कसरी पुऱ्याउने भन्ने विचार राखे । अन्तर्क्रियालाई सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गरेका थिए ।

समारोहमा संगीतकार बासकोटाले यस महोत्सवले अफ्रिकीलाई फ़िल्मबाट नेपालसँग जोड्ने काम गरेको बताए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले नेपालमा फिल्म महोत्सव गर्न निकै गाह्रो हुँदाहुँदै पनि ११ संस्करणसम्म गर्नु महोत्सवको सफलता भएको जनाए।

निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका महासचिव सविन श्रेष्ठ, कोसी प्रदेशकी सांसद मीना श्रेष्ठलगायतले महोत्सवले नेपाली र अफ्रिकी फिल्मलाई प्रोत्साहन गरेको जनाए ।

आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिवल निर्देशक डा। मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका चलचित्रको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको जनाइन्।  महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए ।

यो पनि पढ्नुहोस्

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

द्यः ध्वाखा सांस्कृतिक कार्यक्रम ११४६ हुने

२२ घण्टा अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक