काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगर प्रमुख बालेन शाह र आफ्नो काम गर्ने सोच समान रहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री श्रेष्ठले उक्त अभिव्यक्ति दिएका हुन्।
मन्त्री श्रेष्ठले शनिबार बालेन र आफूले सँगै खाना खाएको र खाना खाँदै देश र जनताका मुद्दामा छलफल गर्दा परिणाममुखी काम गर्ने सोच दुवै जनाको समान रहेको उल्लेख गरेका छन्।
उनले मेयर र आफूबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको समेत बताए।
मन्त्री श्रेष्ठले लेखेका छन्, ‘हिजो काठमाडौं महानगर प्रमुख बालेन शाहसँगै खाना खाँदै देश र जनताका मुद्दामा महत्वपूर्ण छलफल भयो। उहाँको टिमका केही प्रतिभाशाली साथीहरू पनि सहभागी हुनुहुन्थ्यो। छलफललाई निरन्तरता दिने समझदारी बनेको छ। देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो।’