काठमाडौँ – अवहेलना मुद्दामा तारिख पर्चा बुझेपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले व्यंग्यात्मक रुपमा आफूलाई अपराधी भनेका छन्।
‘आदिपुरुष’ फिल्म चलाउन पाटन उच्च अदालतले आदेश दिएपछि असार ७ गते शाहले आदेश नमान्ने भन्दै चर्को अभिव्यक्ति दिएका थिए। अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।
त्यसमा लिखित जवाफ पेश गर्न आदेश पाएका बालेनले तारिख पर्चा बुझेका छन्।
उनले प्रधानमन्त्रीज्युले भारतले देशको प्रधानमन्त्री बनायो भन्दा छुट पाएको भन्दै आक्रोश पोखेका हुन्।
बालेनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी।’