काठमाडौँ। प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सार्नुभएको हो ।
टेलिफोन संवादमा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामनासमेत दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । रासस