बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यावरणका लागि ६ लाख बिरुवा रोपिने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
पर्यावरणका लागि ६ लाख बिरुवा रोपिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

बारा । पर्यावरण तथा मौसम परिवर्तनमा सराहनीय भूमिका देखाउन डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष छ लाख बिरुवा रोप्ने लक्ष्य राखेकाे छ । जिल्ला वन कार्यालय मातहत रहेका ५ वटा नर्सरीबाट उत्पादन भएका विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको डिभजन वन कार्यालयका प्रमुख विनोद सिंहले बताउनुभयो ।

जिल्लाका ४ वटा निर्वाचन क्षेत्रको तामागढी नर्सरीबाट २५ हजार, कोल्हवीबाट ७५ हजार, खैरातीमाईबाट एक लाख, कलैयाबाट २ लाख र बरियारपुरबाट २ लाख गरी छ लाख बिरुवा वितरण गरिनेछ।

यसैगरी, डिभिजन वन कार्यालय सिमरामा यस वर्ष एक लाखको सङ्ख्यामा दुई वर्षे बिरुवा लगाइएको छ । सार्वजनिक ठाउँ, सामुहिक एवम् आन्तरिक कार्यक्रमको लागि बिरुवा वितरणको कार्य सुरु भए पनि स्थानीय किसान वा निजी जग्गामा वृक्षरोपण गर्न असार २५ गते सोमबारदेखि सबै नर्सरीबाट निःशुल्क रुपमा बिरुवा वितरण गरिने सहायक वन अधिकृत एवम् सूचना अधिकारी जवाहर कुर्मीले जानकारी दिनुभयो ।

चार वटा साझेदारी तथा छ वटा सामूहिक वनले पनि विगत दुई वर्षदेखि बिरुवा रोप्ने कार्यक्रम गर्दै आएका छन् । गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया, हलखोरिया साझेदारी वन व्यवस्थापन समिति डुम्मरवाना, सहजनाथ साझेदारी वन व्यवस्थापन समिति र तामागढी साझेदारी वन व्यवस्थापन समितिले पनि विरुवा रोप्ने कार्यक्रम निर्धारण गरेका उहाँले बताउनुभयो ।

विजयसाल, महोगनी, सखुवा, अमला, बेल, रिठा, राजवृक्ष, सिसौ, मसाला, टिक, जामुन, अम्बा र खयरलगायतका बिरुवा तयारी अवस्थामा रहेको सूचना अधिकारी कुर्मीले बताउनुभयो । यसैगरी गढीमाई साझेदारी वन व्यवस्थापन समूहले १५ वटा साविक गाविसमा निःशुल्क रुपमा आँप, लिच्ची, कटहरलगायतका फलफूलका बिरुवा लगाउन बाहिरको निजी नर्सरीमा टेण्डर आह्वान गरेका छन् ।

दिनानुदिन बढ्दै गएको वायु प्रदूषणलाई बिरुवा रोपेर शुद्धीकरण गर्नुको साथै वातावरण स्वच्छ राख्नको लागि हरियाली जिल्ला बनाउनमा साझेदारी वनको दायित्व पूरा गर्न यसरी गाउँटोलका स्थानीयलाई घरपिच्छे दुईटा बिरुवा वितरण गर्ने कार्यक्रम रहेको गढीमाई साझेदारी वनका अध्यक्ष शिवजीप्रसाद साहले भन्नुभयो ।

गत वर्ष डिभिजन वन कार्यालय सिमरा बाराले सात लाख बिरुवा वितरण गरेको थियो । जिल्लाका १६ स्थानीय पालिकामा डिभिजन वन कार्यालयले बिरुवा वितरण गरेकोमा ७५ प्रतिशत बिरुवा उम्रिन सफल भएको वन कार्यालयले जनाएको छ । वन अतिक्रमित क्षेत्रमा करिब २० हेक्टर ऐलानी जग्गामा ३२ हजार बिरुवा लगाइएको छ ।

यसैगरी, विगत तीन वर्षको अवधिमा निर्माणाधीन रहेको काठमाडाैं तराई जोड्ने फास्ट–ट्रयाक क्षेत्रमा नोक्सानी तथा कटान गरिएका रुखको सट्टा ५ सय हेक्टर क्षेत्रफलमा वृक्षराेपण गरिएको वन कार्यालयले जनाएको छ । शिवशङ्कर मिश्र

यो पनि पढ्नुहोस्

जाडाे छल्न विदेशी पाहुँना चरा नेपालमा आइपुग्याे

जाडाे छल्न विदेशी पाहुँना चरा नेपालमा आइपुग्याे

१ हप्ता अगाडि
हिमपात रोकिएपछि मनाङकाे माैसममा अलिक सुधार

हिमपात रोकिएपछि मनाङकाे माैसममा अलिक सुधार

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रवि र  छविलालको मुद्दामा बहस सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक