काठमाडौं- आगामि साताबाट श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपका लागि राष्ट्रिय टिमको घोषणा गरिएको छ। जिम्बाब्वेबाट शुक्रबारमात्र स्वदेश फर्किएको नेपाली टिममा उक्त भ्रमणमा रहेका चार सदस्यलाई बाहिर राख्दै राष्ट्रिय टिमको घोषणा गरिएको हो।
नेपालको टोलीमा युवा ब्याटर देव खनाल देखी स्पिनर सूर्य तामाङ सम्मले स्थान बनाउँदा ज्ञानेन्द्र मल्ल र करण केसी भने श्रीलंका भ्रमणमा समेटिएको छैन्। सन्दीप र दीपेन्द्र सिंह ऐरी भने ग्लोबल टी-२० का लागि क्यानडा जानु पर्ने भएपछि टिममा सहभागि गराइएन।
रोहितको कप्तानीमा घोषित १६ सदसिय टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले टिममा स्थान बनाएका छन्। प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ। नेपाल समूह बी मा रहँदा युएई, पाकिस्तान र भारतका ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान रहेका छन्। पाँच टेस्ट टोलीको भने यू२३ को टोली आउने छन्।
नेपालले आफ्नो पहिलो खेलमा १४ जुलाईमा पाकिस्तान ‘ए’ सँग खेल्दा दोस्रो खेलमा १७ जुलाई मा भारत ‘ए’ सँग खेल्ने छ। नेपालले १९ जुलाईमा युएई ‘ए’ सँग समूहचरणको अन्तिम खेल खेल्ने छ। समूहमा शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ।