आज सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावा-हुरी चल्ने पूर्वानुमान गरिएकाे छ । शनिबार राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने माैसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।
भाेलि आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ। भाेलि सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुनसक्ने महाशाखाले जनाएकाे छ ।