शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायमै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
LIVE : प्रतिनिधि सभा बैठक सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ ।

सभामुख देवराज घिमिरेलेको पहलमा भएको पटक–पटकको छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौला लगायतले आफूहरु पूर्ववत मागमा यथावत रहेको बताएका छन् ।

सभामुख घिमिरेले शुक्रबार मात्रै प्रमुख दलका नेताहरुसँग चार पटक औपचारिक संवादमा बसिसके । बिहानै आफ्नै निवासमा बोलाएर छलफल गरे । बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरुसँग बसे । साढे १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखे । कार्य व्यवस्था परामर्श समितिको बैठकपछि फेरि बोलाएर छलफल गरे । यी सबै छलफलमा एमालेले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएको छ । ‘हामी राजीनामै नीतिमा अडिग छौं । आज पनि प्रतिनिधिसभामा यही हुन्छ,’ एमाले नेता रघुजी पन्तले  भने ।

बरु एमालेका नेताहरुले यो विषयमा शीर्ष नेताहरुले नै निकास दिनुपर्ने बताउन थालेका छन् । शीर्ष नेताहरुले समाधान निकाले सबैलाई स्वीकार्य हुने एमालेका एक नेताले अनलाइनखबरलाई बताए । ‘अध्यक्षज्यु (केपी शर्मा ओली)को निर्णयका आधारमा राजीनामा माग गर्ने तहमा उत्रिएका हौं । उहाँले यसबाट दायाँवायाँ गर्ने कुरा गर्नुभएको छैन,’ उनी भन्छन्, ‘राजीनामा मागिहालियो । अध्यक्षज्युको निर्देशन यही छ ।

यसबाट दायाँबायाँ हुन फेरि पनि उहाँकै निर्देशन आवश्यक छ ।’ प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन । शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक पनि चल्न नदिने नीति छ ।

यो पनि पढ्नुहोस्

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

१६ घण्टा अगाडि
अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक