शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अविश्वसनीय जितले नेदरल्यान्ड्स विश्वकपमा

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
अविश्वसनीय जितले नेदरल्यान्ड्स विश्वकपमा

हरारे  ।  स्कटल्यान्डमाथि अविश्वसनीय जित हात पार्दै नेदरल्यान्ड्स विश्वकप क्रिकेटका लागि छनोट भएको छ । नेदरल्यान्ड्सले बिहीबार जिम्बावेमा भइरहेको विश्वकप छनोटमा स्कटल्यान्डमाथि ४ विकेटको विजय हात पार्‍यो । नेदरल्यान्ड्स पाँचौं पटक विश्वकपमा छनोट भएको हो । विश्वकप यस वर्ष भारतमा हुँदै छ ।

सन् २०११ यता भने नेदरल्यान्ड्स पहिलो पटक विश्वकपमा पुगेको हो । विश्वकपमा १० राष्ट्रमात्र खेलाउने निर्णय गरेयता नेदरल्यान्ड्स एसोसिएट राष्ट्रबाट क्रिकेटको सर्वोच्च प्रतियोगितामा छनोट हुने पहिलो राष्ट्र हो । पछिल्लो खेलमा जिम्बावेलाई पराजित गरेपछि स्कटल्यान्डको विश्वकपमा पुग्ने सम्भावना उच्च बनेको थियो । तर, निर्णायक खेलमा टोली पुनः एकपटक असफल रह्यो ।

सुपर सिक्सको निर्णायक खेलमा नेदरल्यान्ड्सले टस जितेपछि ब्याटिङ निम्तो पाएको स्कटल्यान्डले हरारेमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ७७ रन बनायो । ब्रेन्डन म्याकमुलनले सानदार १ सय ६ रन बनाए । उनले ११० बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे । कप्तान रिचर्ड बेरिङटनले ८४ बलमा ३ चौका र २ छक्कासहित ६४ तथा टोमस म्याकिन्टोसले २८ बलमा ३८ रन बनाए ।

नेदरल्यान्ड्सले विश्वकपमा पुग्न यो स्कोर ४४ ओभरभित्र पूरा गरिसक्नुपर्ने थियो । स्कटल्यान्डको हकमा विजय हात पारेमा मात्र पनि टोली विश्वकपमा पुग्ने थियो । बलिङमा ५ विकेट लिएका बास डे लिडले १ सय २३ रनको सानदार इनिङ्स खेलेपछि नेदरल्यान्ड्सले ४२।५ ओभरमै लक्ष्य पूरा गर्‍यो । उनले ९२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट र शतक बनाउने उनी पाँचौं खेलाडी हुन् ।

नेदरल्यान्ड्सका भिभ रिचर्डसले सन् १९८७ मा न्युजिल्यान्डविरुद्ध, इंग्ल्यान्डका पाउल कोलिनउडले सन् २००५ मा बंगलादेशविरुद्ध, यूएईका रोहन मुस्तफाले सन् २०१७ मा पपुवा न्यु गिनीविरुद्ध र सोही वर्ष आयरल्यान्डका पाउल स्टर्लिङले अफगानिस्तानविरुद्ध एकै खेलमा ५ विकेट लिनुका साथै शतक पनि बनाएका थिए । ५ विकेट लिएर शतक बनाएको खेलमा डी लिडले बनाएको रन सबैभन्दा बढी हो ।

नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बावेको समान ६–६ अंक भए पनि नेट रनरेटमा डच टोली अगाडि रह्यो । श्रीलंका यसअघि नै ८ अंक जोडेर शीर्षस्थानमा रहँदै विश्वकपमा पुगिसकेको छ । १० टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले भारतमा अक्टोबर–नोभेम्बरमा हुने विश्वकपमा छनोट हुने प्रावधान थियो । नेदरल्यान्ड्स र श्रीलंकाले आइतबार उपाधिका लागि खेल्नेछन् ।

स्कटल्यान्डले जिम्बावेसहित आयरल्यान्ड र वेस्ट इन्डिज गरी तीन टेस्ट राष्ट्रलाई पराजित गरे पनि विश्वकपमा पुग्न त्यो पर्याप्त भएन । समूह चरणको अन्तिम खेलमा बाजी मार्नु नै नेदरल्यान्ड्सको विश्वकप प्रवेश गर्नुको प्रमुख कारण बन्यो । उक्त खेलमा वेस्ट इन्डिजले ३७४–६ को स्कोर बनाएको थियो । नेदरल्यान्ड्सले पनि ३ सय ७४ रन नै बनाएपछि खेलमा सुपर ओभरमा गएको थियो । त्यसमा विजय हात पात पार्दै नेदरल्यान्ड्सले सुपर सिक्सका लागि महत्त्वपूर्ण २ अंक जोडेको थियो ।

श्रीलंकासँग २ सय १४ रनको लक्ष्य पूरा गर्न नसके पनि नेदरल्यान्ड्सले त्यसपछिका खेलमा क्रमशः ओमान र स्कटल्यान्डलाई पराजित गर्दै उत्कृष्ट पुनरागमन गरेको हो । सन् २०१४ को विश्वकप छनोटमा सुपर सिक्समै पुग्न नसकेपछि नेदरल्यान्ड्सको क्रिकेट संकटमा परेको थियो । यसपालि पनि काउन्टी क्रिकेटको प्रतिवद्धताका कारण प्रमुख ७ खेलाडीविनै नेदरल्यान्ड्स विश्वकप छनोट खेल्न जिम्बावे पुगेको थियो ।

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

४ घण्टा अगाडि
आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

३ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

३ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

३ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

३ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

३ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

३ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist