काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल अभाव हुनुको कारण खरिद प्रक्रिया लामो भएको बताएका छन् । बिहीबार अर्थ समितिको बैंठकमा अहिले खरिद प्रक्रियालाई सहज र छोटो बनाउनको लागि खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको समेत बताए ।
हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरेको मन्त्री भुसालले बताए । मन्त्री भुसालले खरिद प्रक्रिया जीटूजी नै हुनुपर्ने । मल अभाव हुन नदिनको लागि बजेट समयमै सुनिश्चित गर्नु उनले बताए ।