काठमाडाैँ / दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिमबहादुर सुनारले जानकारी दिए।
बबई गाउँपालिका वडा नं. १ मलईबाट घर फर्कने क्रममा बबई नदीमा डुबेर उनको मुत्यु भएको प्रहरीले जनाएको छ।