बुध, अशोज १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पहिरोले घर पुरिँदा तीन बालबालिकाको ज्यान गयो

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
पहिरोले घर पुरिँदा  तीन बालबालिकाको ज्यान गयो

रुपन्देही। बाढीपहिरोले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विभिन्न ठाउँमा क्षति पु-याएको छ। पहिरोले घर पुरिँदा मङ्गलबार तीन बालबालिकाको ज्यानसमेत गएको छ।

अर्घाखाँची समाचारदाताका अनुसार जिल्लाको पाणिनी गाउँपालिका–१, पणेना गोवनपानी गाउँमा गङ्गा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।

मङ्गलबार गएको पहिरोमा परी गोरक्षनाथ माध्यमिक विद्यालय कक्षा ३ मा अध्ययन गर्ने सात वर्षका धनबहादुर रास्कोटी, नेपाल राष्ट्रिय माविमा कक्षा ४ मा अध्ययन गर्ने अन्दाजी ९ वर्षका खुमबहादुर रास्कोटी र कक्षा ५ मा अध्ययनरत वर्ष १० अञ्जना रास्कोटीको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेल जानकारी दिनुभयो।

एउटै घरका दुई भाइका छोराछोरीको मृत्यु भएको घटनास्थलमा पुगेका स्थानीय विष्णुभक्त पोखरेलले जानकारी दिनुभयो। एक जना बालक सचिन रास्कोटीलाई उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो। घरमाथिको बारीको छेउबाट पहिरो झर्दा घर पुरिएको हो।

तानसेन समाचारदाताका अनुसार पाल्पा जिल्लाको माडीफाँट डुबानमा परेको छ। अविरल वर्षाका कारण माडीफाँटको दुई हजार हेक्टर जग्गा डुबानमा परेको हो। पानी परेपछि तिनाउ नदी, तानसेन खोला तथा अन्य फाँट नजिकका खोला बढेपछि माडीफाँट डुबानमा परेको स्थानीय बासिन्दाले जनाएका छन्।

वर्षा नरोकिएपछि तिनाउ नदी धान खेती हुने फाँटमा प्रवेश गर्दा खेतीयोग्य भूभाग बगरमा परिणत बनेको छ। फाँट डुबानमा परेपछि अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् भने धान रोपेका किसानले क्षति बेहोर्नु परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिनुभयो।

तिनाउ तथा तानसेन नदीको नियन्त्रण गर्न नसक्दा खोलाबाट पानी खेततर्फ पसी असर गरेको उहाँले बताउनुभयो। यसैबिच जिल्लाको ग्रामीण भेगमा जाने सडक अवरुद्ध बनेका छन्। अविरल वर्षाका कारण ग्रामीण भेगमा जाने सडक पहिरोले अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

रुपन्देही समाचारदाताका अनुसार निरन्तर वर्षाका कारण बुटवलको तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर वर्षा भएकाले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गर्नुभएको छ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा मङ्गलबार बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ। महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.५५ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ। तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरएिको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जनाउनुभयो। जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

पाल्पा समाचारदाताका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका क्षेत्रमा पर्ने ग्रामीण सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेका छन्। गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र वर्र्षामा हिलोसँग सामना गर्न बाध्य छन्।

हार्थोक, छहरा, बतासे सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्टाखुल्टी र हिलोका कारण साना तथा ठुला सवारीसाधन सञ्चालनमा समस्या भएको छ। लगातार परेको अविरल वर्षाका कारण सडकमा भएका खाल्टाखुल्टीमा पानी भरिएकाले स्थानीयलाई हिँड्डुल गर्न समेत कठिन भएको छ। मुख्य सडकखण्डको रिब्दीकोट गाउँपालिकाको कार्यालय खस्यौलीदेखि कुसुमखोला, गोहोदी हुँदै बतासेसम्मको सडकमा गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको हो।

नेपालगन्ज समाचारदाताका अनुसार बाँकेमा बाढीले भत्काएर बगाएको राप्तीसोनारी–२, कचनापुरको मधुवाघाट र वडा नं. ७ को खल्लाझगडियामा राप्ती नदीमा तटबन्ध निर्माण तीव्र पारिएको छ।  राप्ती नदीमा आउने बाढीबाट सो क्षेत्रका गाउँबस्ती जोगाउन भत्किएको तटबन्ध निर्माणको काम तीव्र गतिमा सुरु गरिएको हो। राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तकुमार पौडेलले जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत सो तटबन्ध निर्माणको काम तीव्र गतिमा अगाडि बढेको जनाउनुभयो।

उहाँले राप्ती नदीमा आउने बाढीका कारण अति जोखिममा रहेको राप्तीसोनारी–२, कचनापुरको मधुवाघाट र वडा नं. ७ को खल्लाझगडिया गाउँलाई जोगाउन तटबन्ध निर्माण भइरहेको जनाउनुभयो।

अध्यक्ष पौडेलले ढिला काम सुरु गरिए पनि जोखिममा रहेका गाउँबस्ती जोगाउनु पहिलो प्राथमिकता भएकाले अहिले सबैको ध्यान त्यसैतर्फ रहेको बताउनुभयो। जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर सूर्यदेव नायकले राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि ठुला ढुङ्गाको सहारामा नदी नियन्त्रणको काम सुरु भएको जनाउनुभयो।

उहाँका अनुसार बोलपत्र आह्वान गरेर काम गर्ने समय नभएका कारण उपभोक्ता समितिमार्फत काम गर्न लागिएको हो। कचनापुरको मधुवामा काम सुरु भइसकेको छ भने खल्लाझगडियामा काम सुरु हुने क्रममा छ। इन्जिनियर नायकले भन्नुभयो, “अहिले तारजालीसहितको तटबन्ध बनाउने योजना छैन, त्यसैले ठुला ढुङ्गाको सहारामा कटान रोकेर बस्ती बचाउने प्रयास गरिएको छ।” उहाँले मनसुन सुरु भइसकेकाले अत्यावश्यक र जोखिमयुक्त स्थानमा यस्तो कार्य गर्न थालिएको जनाउनुभयो।

गत वर्ष राप्ती नदीमा आएको बाढीले मधुवाघाट र खल्लाझगडियामा तटबन्ध भत्काएको थियो। अहिले नदी नियन्त्रण हुन नसके बाढी गाउँतर्फ पस्ने ठुलो सम्भावना रहेकाले मनसुन सुरु भए पनि तटबन्धको काम गर्नु परेको जनताको तटबन्ध कार्यक्रमले जनाएको छ। गत वर्ष भत्किएको तटबन्ध मर्मत सम्भार र निर्माणका लागि वर्षभरि नै सो क्षेत्रका जनता र जनप्रतिनिधि दुवैले माग गर्दै आए पनि अहिले आएर हतार हतारमा निर्माण सुरु भएको स्थानीयको भनाइ छ। राप्तीसोनारी खल्लाझगडियाका स्थानीय अरुणकुमार यादवले गत वर्षकै बाढीले तटबन्ध बगाउँदा ठुलो क्षति पुगेको जनाउँदै तटबन्ध निर्माणका लागि निरन्तर माग गर्दै आएकोमा अहिले आएर काम भइरहेकाले डुबानबाट जोगिने आशा जागेको जनाउनुभयो।

यो पनि पढ्नुहोस्

No Content Available
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

४ मिनेट अगाडि
सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्न छलफल

सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्न छलफल

१७ मिनेट अगाडि
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

२ घण्टा अगाडि
प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

२ घण्टा अगाडि
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

अमेरिकी कांग्रेसको भ्रमणलाई चीन बेइजिङले स्वागत गर्ने

२ घण्टा अगाडि
‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा कामनपाकाे हस्तक्षेप

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

२ घण्टा अगाडि

लोकप्रिय

  • अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    0 shares
    Share 0 Tweet 0
  • बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

    0 shares
    Share 0 Tweet 0
  • तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    0 shares
    Share 0 Tweet 0
  • नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist