शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

 पृथ्वीराज मार्गको विस्तारको कामआधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पुरा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
 पृथ्वीराज मार्गको विस्तारको कामआधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पुरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । पृथ्वीराज मार्गको विस्तारको काम अन्तर्गत पोखरा–मुग्लिङमा पर्ने पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पुरा भएको छ  । पूर्वी खण्डको काम भने सन्तोष जनक छ । जुन रूपमा सम्पन्न हुनु पर्ने हो सो अनुसारको सम्पन्न नभए पनि ३० प्रतिशत काम भने पुरा भएको छ ।

काम कछुवा गतिमा हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन् । ट्राफिक जामको समस्या झेलिरहेका छन् भने धुलो गर्दा ग्राहक नआउँदा राजमार्गका व्यापारी पेसा नै छाड्न पर्ने अवस्था आएको छ । सीमित कामदारले सुस्त गतिमा काम गर्दा सडक विस्तारले गति लिन नसकेको देखिन्छ । पश्चिम खण्डमा पर्ने तनहुँको जामुनेदेखि कास्कीको पोखरा सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ तर आधाभन्दा बढी अवधि आठ प्रतिशत मात्रै पुरा भएको छ । निर्माण कम्पनीले चाहिँदो जनशक्ति र स्रोत परिचालन नगर्दा प्रगति असाध्यै कम भइरहेको पश्चिम खण्डका आयोजना प्रमुख अमृत श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो,‘‘सुस्त गतिमा काम भएकोले हाल सम्म आठ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।’’  ठेकेदारलाई समयमा नै काम पुरा गर्न बारम्बार ताकेता गर्ने र पत्र लेखिरहेका छौँ तर पनि सन्तोष जनक प्रगति नभएको उहाँले बताउनुभयो । निर्माण कम्पनीलाई त्रुटि सच्याउन मौका दिइने र त्यसपछि पनि यस्तै अवस्था रहे ठेक्का खारेजसम्मको अवस्थामा पुग्नुपर्ने आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ । बिजुलीको पोल सार्ने, खानेपानीको पाइप सार्ने लगायतका काममा भइरहेको ढिलाइले पनि असर गरेको उहाँले जानकारी दिनुभयो ।

पश्चिम खण्ड अन्तर्गत जामनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनी टार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगन गौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिस लेन सहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ

चार लेन मध्ये पहिलो चरणमा दुई लेनको कालोपत्रे सुरु गरिएको  पोखरा–मुग्लिङ सडक योजना ९पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । पूर्वी खण्ड ३० प्रतिशत काम पुरा भएको सुवेदीले बताउनुभयो । यातायात आवागमनलाई सहजताको दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो ।  यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने , तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माण तथा बिजुलीको पोल सार्ने  काम भइरहेको जानकारी सुवेदीले दिनुभयो ।

सुवेदीले भन्नुभयो,‘‘निर्धारित समयमा पुरा गर्ने गरी कामलाई तीव्र पारेका छौ ।’’ पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । काम सुस्त गतिमा हुँदा ठुलो मर्का परेको राजमार्गलाई लक्षित गरी व्यापार गर्नेहरूको गुनासो छ ।  धुँलोमैलोले गर्दा ९५ प्रतिशत व्यापार घटेकोले व्यापार नै छाड्नु परेको व्यास नगरपालिका–१ अम्रेनी, स्याउलीमा ग्रिनपार्क होटेलकी सञ्चालिका मञ्जु श्रेष्ठले बताउनुभयो । ‘‘व्यापार नहुँदा लामो समय सम्म घाटा खानु परेकोले पेसाबाट विस्थापित हुनु पर्यो ।’’ धुलो गर्दा सवारी साधन नरोकिँदा कर्मचारीलाई तलब र घरभाडा तिर्ने आम्दानी समेत हुन छाडेपछि  बाध्य भएर छाड्नु परेको श्रेष्ठले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

दार्चुला–टिङ्कर सडक खण्डकाे ट्रयाक खोल्न सुरु

दार्चुला–टिङ्कर सडक खण्डकाे ट्रयाक खोल्न सुरु

१ हप्ता अगाडि
युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने

युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक