बुटवल । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
प्रतिपक्ष दलको विरोधका बीच प्रदेश सभाले विधेयक पारित भएको हो ।
मन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागी प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्ताव पेस गर्ने क्रममा रोष्टम घेराउ गरिएको थियो बैठक सुरु हुन साथ एमालेका सांसदहरूले विरोध जनाएका थिए ।
सभामुख तुलाराम घर्तीले विधेयकको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सर्वसम्मत पारित भएको घोषणा गरे । आर्थिक । बैठक अघि बढ्न नसकेपछि एक घण्टाको लागी बैठक स्थगित गरिएको छ ।