बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

राष्ट्रिय सभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय सभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। प्रतिनिधि सभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रिय सभामा छलफल सुरु भएको छ ।

आज (सोमबार)को राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

यी मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले खर्च कटौतीका प्रस्ताव पेश गर्नुभएको छ ।

आजको बैठकमा सांसदहरूले दलितमाथि हुने विभेदको विषय उठाउनुभएको छ । दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको विषय राष्ट्रियसभामा उठेपछि यसबारे छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको छ ।

“यस विषयमा के भएको हो आवश्यक कारबाही गरी सभालाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउँदछु । अवश्य पनि सरकारबाट जवाफ आउनेछ”, राष्ट्रियसभाको बैठक सञ्चालन गर्नुभएका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा बैठकमा भन्नुभयो ।

त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यतालिका छ । शिक्षामन्त्री राईले आजको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्नुहुने कार्यतालिका छ । रासस

यो पनि पढ्नुहोस्

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै  ब्राजिल समूह विजेता 

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै ब्राजिल समूह विजेता 

२ घण्टा अगाडि
स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक