शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

दीपेन्द्रको सानदार ब्याटिङमा यूएईमाथि नेपालको जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दीपेन्द्रको सानदार ब्याटिङमा यूएईमाथि नेपालको जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरेपछि नेपालले विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको विजय हात पारेको छ । दीपेन्द्रले अविजित ७९ रन बनाएपछि नेपालले १ सय ८२ रनको लक्ष्य ४४ औं ओभरमा १ सय ८५ रन बनाउँदै पूरा गरेको थियो ।

दीपेन्द्रले सन्दीप लामिछानेसँग मिलेर आठौं विकेटमा अविजित ७९ रनको साझेदारी गरेर नेपाललाई विजय बनाउन मद्धत गरे । दीपेन्द्रले ८५ बलको सामना गरी ७ चौका र २ छक्का प्रहार गरे । सन्दीप ३७ बल खेली २ चौका प्रहार गरी अविजित २३ रन बनाए ।

जिम्बावेमा भइरहेको प्रतियोगिताको नेपालले अब सातौं स्थानको प्लेअफमा टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्ने छ । आयरल्यान्डले पछिल्लो अफ खेलमा अमेरिकालाई पराजित गरेको थियो । यूएई र अमेरिका नवौं स्थान हात पार्न प्लेअफमा खेल्ने छन् । जारी विश्वकप छनोटमा नेपालको यो दोस्रो विजय हो ।

अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित पौडेल ४, भीम सार्की १, आरिफ शेख १ र कुशल भुर्तेल ३५ रनमा आउट भएपछि नेपाल २१ औं ओभरमा ६३–६ को स्कोरमा पुगेको थियो । कुशलले ५९ बल खेल्दै ४ चौका प्रहार गरे ।

दीपेन्द्रले गुल्शन झासँग सातौं विकेटमा ४३ रनको साझेदारी गरे । गुलशनले २४ बल खेली १ चौकासहित १२ रन बनाई रोहन मुस्तफाको बलमा आउट भए । अर्जुन, रोहित र भीमलाई आउट गरेका मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्चे ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएई हरारेको ताकसिंगा स्पोर्टस क्लबमा ४६.५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।

खेलको दोस्रो बलमै करणले आसिफ खानलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराई नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । नियमीत कप्तान मोहम्मद वासिमबिना खेलेको यूएईले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलमा यूएईको कप्तानी गरिरहेका वृत्या अरविन्द र अर्यांश शर्माले दोस्रो विकेटमा ६४ रन जोडे । अर्यांशले ४३ बल खेली ३ चौकासहित २८ रन बनाए । गुल्शन झाले वृत्यालाई बोल्ड गरि नेपाललाई महत्त्वपूर्ण सफलता दिलाए । वृत्याले ७५ बल खेली ४ चौकासहित ४४ रन बनाए ।

रमिज सेहजाद १० रनमा आउट भए । रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटमा ५८ रनको साझेदारी गरे । करणले बाउन्सर बलमा मुस्तफालाई आउट गरे । मुस्तफाले ५६ बल खेली ३ चौकासहित ३५ र बसिलले ३५ बल खेली २ चौकासहित २९ रन बनाए ।

अली नासिर ४, सन्चित शर्मा १२, जुनाइद सिद्धिकी शून्य र मोहम्मद जवादुल्लाह १ रनमा आउट भए । कार्थिक मेइयापन ५ रनमा अविजित रहे । सन्दीप लामिछाने र करणले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ र करण केसीले ८.५ ओभरमा ३६ रन खर्चे । प्रतिश जिसी, दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले १–१ विकेट लिए ।

नेपालले आइतबार अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीलाई खेलाएको थियो । उनीहरुलाई आसिफ शेख, कुशल मल्ल र ललित राजवंशीको स्थानमा खेलाइएको हो ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

२ दिन अगाडि
एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक