मोरङ – कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन्।
प्रदेश प्रमुख खापुङले ५ दिनको समय दिएर दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न भनिएको छ।
हिम्मत कार्की नेतृत्वको एमाले सरकारले शुक्रबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ मत आवश्यक पर्छ।