जुम्ला । तातोपानी गाउँपालिका-४ गिडिचौर बस्ने भरत नेपालीको घरमा आइतबार बिहान आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात र घर पूर्णरुपमा जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगजनीमा संलग्न रहेका शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी हाँकुबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।