आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
१० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन

खोटाङ – दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो। निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षपछि सञ्चालनमा ल्याइएको हो।

तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो। तर सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्ड कालोपत्रको काम निर्माण कम्पनीको लापरवाहीले समयमा सम्पन्न नहुँदा विगतदेखि जिल्लावासीले भोग्दै आएका समस्या ज्यूँका त्यूँ छ।

पुल निर्माणमा निर्माण कम्पनीको लापरवाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो। फोक्सिङटार पुल निर्माणका लागि सडकबाट सदनसम्म चौतर्फी दबाब दिँदा–दिँदा १० वर्षपछि पुल त बन्यो तर सडक कालोपत्र नहुँदा उक्त मोटरेबल पक्की पुल उपयोगविहीनजस्तै भएको छ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल एक सय २० मिटर लामो छ। दश वर्षपछि निर्माण सम्पन्न गरिएको फोक्सिङटार पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको हो।

पुल निर्माणको काम सम्पन्न भएर सञ्चालनमा आए पनि फोक्सिङटारवारि र पारिको सडक कालोपत्र नहुँदा यातायात सञ्चालनमा समस्या भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। ‘दश वर्षपछि पुल सञ्चालनमा आयो। तर सडक कालोपत्र नहुँदा यातायात सञ्चालन हुने अवस्था छैन,’ उनले भने, ‘कच्ची अवस्थामै भए पनि सञ्चालनमा ल्याउन सकिने अवस्था त छ। तर सम्बन्धित निकायले ध्यान नदिँदा यातायात सञ्चालन गर्न सक्ने अवस्था छैन।’

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडकखण्ड कालोपत्रको काममा निर्माण कम्पनीको चरम लापरवाहीका कारण अलपत्र परेको हो।

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार (२७ किलोमिटर) सडकखण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको थियो। काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार ३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग योजनाको सम्झौता गरेको थियो। सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत उक्त सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन्।

रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति देखिएको जनाइएको छ। देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्डको काम करिब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागको अनुमान छ।

रु ५५ करोड ८७ लाखमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा विसं २०७३ साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो। तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक गत चैतदेखि निर्माणको काम ठप्प छ।

सुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नै नगरी हिँडेको स्थानीयवासी एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए।

‘पछिल्लो समय थपिएको समयावधि गत चैत मसान्तमा सकियो,’ उनले भने, ‘निर्माण कम्पनीको लापरवाहीले सडक कालोपत्रको काम बीचैमा छाडेर अलपत्र पारेपछि अहिले यातायातका कुनै पनि सवारीसाधन सञ्चालन हुने अवस्था छैन।’

सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए। उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउँन बाँकी रहेको वडाध्यक्ष राईले बताए।

कालोपत्रको काम अलपत्र पार्ने निर्माण कम्पनीको धरौटी रकमबाट अवरुद्ध सडक मर्मतको काम गरिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए।

‘महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा ठेहेदार कम्पनीको चरम लापरवाही भएको छ। महुरे–राजापानी सडकखण्डका निर्माण त कामै छाडेर भाग्यो,’ उनले भने, ‘निर्माणाधीन अवस्थाका सडक अलपत्र छाडेर निर्माण भागेपछि उसको धरौटी रकम खर्च गरेर अवरुद्ध सडक मर्मत गरेका छौँ। यद्यपि वर्षातको समय भएकाले नियमित यातायात सञ्चालन हुनसकेको छैन।’

निर्माण कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्योलता सिर्जना भएको छ। थपिएको सम्झौता मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग गरिएका औजार लिएर निर्माण कम्पनी निर्माणस्थलबाट हिँडिसकेका छन्।  –केदार मगर/रासस

यो पनि पढ्नुहोस्

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

१२ घण्टा अगाडि
रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

४४ सेकेन्ड अगाडि
संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

२० मिनेट अगाडि
शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

२८ मिनेट अगाडि
मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

३५ मिनेट अगाडि
शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

५४ मिनेट अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर बजारमा परिसूचक १९७१.१० को विन्दुमा बन्द

५८ मिनेट अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist