काठमाडाैं । नेपाल वायुसेवा निगमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डह्यान्डलिङ गर्दै आइरहेको र यस क्रममा सामाजिक संजाल फेसबुकमा एक जना यात्रु छवी लाल भण्डारी (दामु दाई) कोरियाबाट आउँदा सामान हराएको र साथै २ वटा मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको गुनासो प्रति निगमको ध्यानाकर्षण भएको छ ।
यस सम्वन्धमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको समेत गम्भीर चासो रहेको र यात्रुलाई तत्काल न्याय दिन निर्देशन पनि भएकोले नेपाल वायुसेवा निगमले आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्स (KE695) बाट मिति २०८०÷०३÷१५ मा यात्रा गरेको तर ब्यागेज हराएको सम्वन्धमा नियमानुसार ब्यागेज क्लेम डेस्क तथा सम्वन्धित एयरलाइन्ससँग दावी÷ रिपोर्ट नगरेको पाइएको छ ।
साथै स्वयंम यात्रुले नै सामाजिक संजालबाटै ब्यागेज भेटिएको जानकारी गराएको समेत अनुरोध गर्दछौं ।
मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको गुनासोको सम्वन्धमा उक्त विषय नेपाल वायुसेवाको कार्यक्षेत्र अन्तर्गत पर्ने नभई अर्थ मन्त्रालयको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल भंसार कार्यालय अन्तर्गत पर्ने व्यहोरा समेत अनुरोध गर्दछौं ।
यसरी ब्यागेज प्राप्त नभएको अवस्थामा सम्वन्धीत ब्चचष्खब ितर्फ ऋगकतयm भन्दा अगाडि रहेको ब्यागेज क्लेम डेस्क मा रिर्पोट गर्नुपर्ने प्रक्रिया रहेको सम्पूर्ण यात्रुवर्गमा अनुरोध गर्दछौं ।
सामाजिक संजाल फेसबुकमा एक जना यात्रु (दामु दाई) कोरियाबाट आउँदा सामान हराएको र साथै २ वटा मोवाइल ल्याएवापत भंसार तिर्नुपरेको भनी गुनासो राखेकोमा नेपाल वायु सेवा निगमले आवश्यक अनुसन्धान गर्दा यात्रु कोरियन एयरलाइन्सबाट मिति २०८०-०३-१५ मा यात्रा गरेको तर ब्यागेज हराएको सम्वन्धमा नियमानुसार ब्यागेज क्लेम डेस्क तथा सम्वन्धित एयरलाइन्ससँग दावी÷ रिपोर्ट नगरेको पाइएको छ । साथै स्वयंम यात्रुले नै सामाजिक संजालबाटै ब्यागेज भेटिएको जानकारी गराएको समेत अनुरोध गर्दछौं ।