शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

छेन्दु (चीन) – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ। चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उनले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताए।

नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानी गर्न आग्रह गरे। “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ। हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उनले भने।

वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उनको भनाइ छ। लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उनले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताए।

“हामीले २०१९ मा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पारित गरेको छौँ। जसले लगानीको नाफा आफ्नो देशमा लैजानका निम्ति सुनिश्चित गरेको छ। कुनै पनि लगानीकर्तामाथि भेदभाव नगर्ने कुराको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “सबै सेवा एकलबिन्दुबाट लिन सकिने व्यवस्था मिलाइएको छ। सार्वजनिक निजी साझेदारी लगानी ऐन पनि लागू गरिसकेको छौँ। यसले वैदेशिक लगानीका ठूला परियोजनालाई अगाडि बढाउन सहयोग पुग्नेछ।”

उनले सिचुवान प्रान्तस्तरीय लगानी समूहले नेपालमा गरेको लगानीका लागि धन्यवाद दिए। सो समूहले नेपालमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। “अरु लगानी जसरी भए पनि ल्याउनुस्, लगानी भित्रयाउन हामीले जे गर्नुपर्छ हामी गर्छौँ, ढुक्क भएर विभिन्न क्षेत्रमा लगानीको तयारी गर्नुहोस्, यो मेरो विशेष अनुरोध हो”, उनले भने।

उपप्रधानमन्त्री श्रेष्ठले कर प्रणाली र श्रम कानुन पनि लगानीमैत्री बनाइएको बताए। उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्रहरु निर्माण गरिएको जानकारी दिँदै उनले भारत र चीनको सीमा क्षेत्रमा सुख्खा बन्दरगाहा बनाइएको उल्लेख गरे।

कुनै समस्या भए लगानीकर्ताका सुझावका आधारमा समाधान गर्न सरकार तयार रहेको जनाउँदै उनले लगानीमैत्री वातावरण बनाउनका निम्ति सरकार क्रियाशील रहेको बताए। “लगानीको प्रक्रियालाई सहज बनाउन आवश्यक सुधारका लागि सरकार प्रतिबद्ध छ”, उनले भने। “विभिन्न क्षेत्रको वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने र लगानीलाई सुरक्षित गर्ने पक्षमा छौँ।”

आर्थिक विकास नेपालको प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै उनले त्यसका लागि प्रत्यक्ष वैदेशक लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा नेपाल दृढ रहेको बताए। लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि नीतिगत सुधार गरिएको उल्लेख गर्दै उनले लगानीका लागि अन्य सुधार गर्नुपर्ने विषय भए निर्धक्कसँग भन्न आग्रह गरे।

चीनले नेपालको विकास प्रक्रियामा धेरै सहयोग गर्दै आइरहेको जनाउँदै उनले आर्थिक सहकार्यका विविध क्षेत्रबारे दुई मुलुकबीच छलफल भइरहेको बताए। नेपालका लागि चीन ठूलो वैदेशक लगानीको स्रोतका रुपमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालमा थप लगानी बढाउन आग्रह गरे।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

१ दिन अगाडि
महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक