काठमाडौं । संगीतकार तथा गायक जीवन ढुंगेलको गीत ‘सीमा मायाको’ सार्वजनिक भएको छ । गीत जीवन ढुंगेल नामक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।
गीतमा गायक ढुंगेल र सारेगमपकी चर्चित गायिका रोशा फुयाँलको आवाज रहेको छ । गीतमा शब्द र संगीत पनि गायक ढुंगेलकै रहेको छ ।
गीतको एरेन्ज सुबिन सेञ्चुरी र रवि सुनारले गरेका छन्, भने भिडियोको एडिट आलोक वाग्लेले गरेका छन् ।
गीतमा प्रेमिल जोडीको कथालाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ । माया बसिसकेपछि छुट्न नपरोस् भन्ने भाव दर्शाइएको छ ।
गायक ढुंगेलले यसअघि नै थुप्रै म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । उनले चर्चित गायिका मेलिना राईदेखि प्रविशा अधिकारीसँग सहकार्य गरिसकेका छन् ।
गायिका रोशा फुयाँल चर्चित रियालिटी ‘शो’ सारेगमपकी फर्स्ट रनरअप हुन् । उनले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् ।