काठमाडाैँ – एसेज टेस्ट सिरिजअन्तर्गत दोस्रो टेस्टको पहिलो इनिङमा घरेलु टोली इंग्ल्यान्ड विरुद्ध अस्ट्रेलियाले उच्च स्कोर तयार गरेको छ। दोस्रो दिन पहिलो सेसनमानै अलआउट भएपनि अस्ट्रेलियाले ४ सय १६ रनको उच्च स्कोर तयार गर्याे ।
टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलयाका लागि स्टार ब्याट्सम्यान स्टिव स्मिथले ११० रनको शतकीय इनिङ खेले। उनले आफ्नो करिअरको ३२ औं टेस्ट शतक प्रहार गरेसँगै अस्ट्रेलिया बलियो अवस्थामा पुग्न सफल भयो। तर दोस्रो दिन अस्ट्रेलियाले १०० रन बनाउँदा महत्वपूर्ण ७ विकेट गुमाएको थियो।
अस्ट्रेलियाको उच्च स्कोरमा स्मिथ बाहेक डेभिड वार्नरले ६६ रन बनाउँदा ट्रेभिस हेडले ७७ रन बनाएका थिए। त्यस्तै एलेक्स केरीले २२ रन बनाउँदा कप्तान प्याट कमिन्स २२ रनमा अविजित रहे।
इंग्ल्यान्डका लागि ओली रोविन्सन र जोस टङ्गले समान ३–३ विकेट लिएका थिए। त्यस्तै जो रुटले २ विकेट लिँदा जेम्स एन्डरसन र स्टुआर्ट ब्रोडका नाममा समान १–१ विकेट रह्यो। दोस्रो दिननै इंग्ल्यान्डले जवाफि इनिङ सुरु गरेको छ।