काठमाडौं । नेपालकी २१ वर्षीया आयुषा प्याकुरेल मिस ग्ल्याम वर्ल्ड २०२३ प्रतियोगिताको उपविजेता बन्न सफल भएकी छन् । भारतमा आयोजित यो पेजेन्टमा बेल्जियमकी जोम्की तेन्जिन विजेता बनिन् ।
भारतकी समृद्धि सेट्ठी सेकेन्ड रनरअप घोषित भइन् । प्रतिस्पर्धी नम्बर ७ रहेकी नेपालकी आयुशाले फिनालेमा रातो सारी र त्रिशूल समात्दै आकर्षक प्रस्तुति दिएकी थिइन् । जितबारे उनले भनिन्, ‘ उपाधि जित्दा सुरुमा विश्वास गर्न सकेन ।
मञ्चमा मेरो नाम घोषणा हुँदा समेत विश्वास लागिरहेको थिएन । तर जब विश्वास लाग्यो बल्ल मेरो मेहनतको नतिजा आयो भन्ने लाग्यो ।’ चितवन घर भएकी आयुषा पत्रकारिताकी विद्यार्थी समेत हुन् । उनी नेपालको मोडलिङ क्षेत्रमा समेत सक्रिय छन् ।