मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारणले बन्द

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारणले बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड आज रातभर नखुल्ने भएको छ ।

दिउँसो साढे १ बजेबाट पूर्ण रुपमा अवरुद्ध बनेको सडक खुलाउने प्रयास गरे पनि निरन्तर सुख्खा पहिरो आएका कारणले सडक खुलाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी विजयराज पण्डितले जनाएका छन् ।

मुग्लिनबाट करिब २ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिका वडा नं. ५ मा पर्ने तुइन खोला भन्ने ठाउँमा बिहानैदेखि पहिरो झरेको थियो । सो ठाउँमा पुल बनाउन भन्दै ६० मिटर अग्लो पहाड काट्ने काम गरिए पनि नसकेपछि मुग्लिन नारायणगढ सडक आयोजनाले यसै छाडेको थियो ।

तुइन खोलाको नारायणगढतर्फको भागमा पहिरो झरेको छ । बिहान झरेको पहिरो पन्छाएर सञ्चालनमा आए पनि दिउँसो साढे १ बजे पुनः पहिरो आएपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

डीएसपी पण्डितका अनुसार आज रातभर पहिरो पन्छाउने काम जोखिमका कारणले गर्न नसकिएकोले पहिरो पन्छाउन राखिएका डोजरलाई फिर्ता पठाइएको छ । शुक्रबार बिहान ३ बजेतिर अवस्था हेरेर डोजर बोलाई सडक खुलाउने प्रयास गरिने डीएसपी पण्डितले अनलाइनखबरलाई जानकारी दिए । ‘अहिले त सम्भव नै भएन, रात परेर अँध्यारो भयो, ठाडो भीर भएकाले झरिरहेको छ, पन्छाउन जान सक्ने अवस्था नै भएन,’ उनले भने, ‘बिहान पहिरो झर्न रोकिने वित्तिकै पन्छाउन लाग्छौं ।’

सडकमा सवारीको लामो लाइन छ । कयौं सवारी साधनहरु फर्किएका छन् । मुग्लिन, कुरिनटार, आँबुखैरेनी लगायतका क्षेत्रका होटलमा यात्रुहरु बास बस्न गएका छन् । पहिरो झर्ने ठाउँ वरपर कुनै पनि सवारी साधन राख्न नदिइएको डीएसपी पण्डितले बताए ।

काठमाडौंबाट भरतपुरतर्फ आएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । बर्खा लागिसकेपछि पहिरो जाने सम्भावित ठाउँको अध्ययन थालिएको थियो । विश्व बैंकको सहयोगमा अध्ययन गरिए पनि हालसम्म रिपोर्ट बुझाइएको छैन ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक