शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरियाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेमा उपाध्यक्ष र सचिवको जिम्मेवारी परिवर्तन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडाैं । मङ्सिर ४ गतेको चुनावपछि बनेको गठबन्धनमा चार वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले सबै प्रदेशबाट बाहिरिएको छ । एमालेसहितको सात दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले सङ्घदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएको हो ।

राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवारलाई मान्न नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बिउँताएपछि एमाले सरकारबाट बाहिरिने क्रम शुरु भएको हो । सङ्घीय सरकारबाट गुमाउन थालेको एमाले आज कोशी प्रदेशमा आइपुग्दा सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिएको हो । एमालेले यसअघि वैशाख ११ गते लुम्बिनी प्रदेश, वैशाख १० गते गण्डकी प्रदेश र माघ २६ गते सुदूरपश्चिम प्रदेशमा सरकार गुमाएको थियो । शुरुवातदेखि नै मधेश प्रदेशमामा जनता समाजवादी पार्टी ९जसपा० तथा बाग्मती र कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । यी तीन वटा प्रदेशमा पनि एमालेले मन्त्रीहरू गुमाएको छ ।

यसैबीच मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि कोशी प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल देखिएको छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० रहेको गठबन्धनसँग ४६ मत छ । कांग्रेस, माओवादी केन्द्रसहितका दलहरू रहेको अर्को गठबन्धनसँग ४७ मत छ । तर माओवादीका एक जना सांसद सभामुख रहनुभएकोले उहाँले बराबर मत झरेको अवस्थामा मात्रै मतदान गर्न पाउनुहुनेछ । आवश्यक परे सभामुखलाई राजीनामा गराएर आफ्नो पक्षमा बहुमत पुर्‍याउनेबारेमा पनि गठबन्धनमा छलफल चलेको छ ।

तर एमालेका उपसभामुख उपस्थित नभएमा ज्येष्ठ सदस्यका रूपमा कांग्रेसकै सांसदले सभामुखको भूमिका निभाउनुपर्ने अवस्था आउने जोखिम रहन्छ । दुवै पक्षमा बहुमत नजुटे कोशी प्रदेशसभा मध्यावधि चुनावतर्फ धकेलिन सक्ने सम्भावना पनि रहेको कतिपय जानकारहरू बताउँछन् । तर एमाले नेतृत्वको सरकारमा रहेको राप्रपालाई आफ्नो गठबन्धनमा फर्काउन विपक्षी गठबन्धनका दलहरू प्रयास गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

४ घण्टा अगाडि
राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक