भारतको हरियाणाकी चरखी दादरीमा रहने १०६ वर्षीय राम बाई ‘उडनपरी दादी’ एकपटक पुन: चर्चामा छिन्। केही दिनअघि देहरादूनमा सम्पन्न भएको १८ औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपको आयोजना भएको थियो।
२ दिने प्रतियोगितामा विभिन्न राज्यबाट आएका ५ देखि १०६ वर्ष उमेर समूहका ८०० बढी एथ्लेटिक्सहरूले सहभागिता जनाए।
तर प्रतियोगिताको मुख्य आकर्षण भने हरियाणाकी चरखी दादरी बस्दै आएकी ‘उडनपरी दादी’को भयो।उनले एकपटक पुन: आफ्नो साहस एथ्लेटिक्स ट्र्याकमा देखाउँदै आफ्नो साहसले सबैलाई हैरान बनाइन्।
उनले १०० मिटर र २०० मिटर दौडमा भाग लिँदै गोल्ड मेडल जितिन्। उनले शटपुट तर्फपनि आफ्नो उम्दा प्रदर्शन गरिन्।
उडनपरीको नामबाट चर्चित रामबाई
उडनपरीको वास्तविक नाम भने राम बाई हो। उनले राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपको १०० मिटरतर्फ विश्व कीर्तिमानसमेत बनाइन्। उनी सर्वाधिक उमेरमा स्वर्ण चुम्दै कीर्तिमान रच्न सफल भइन।
उनी आफ्नो तेस्रो पुस्तादेखि राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता खेलिरहेकी छिन्। राम बाईले १००, २०० मिटर दौड, रिले दौडलगायत विधामा ४ गोल्ड मेडल जित्दै इतिहास रचिसकेकी छन्।
यसअघि नोभेम्बर २०२१ मा भएको प्रतियोगितामा राम बाईले ४ गोल्ड मेडल जितेकी थिइन्। उनी गाउँकी सर्वाधिक वृद्ध महिला हुन्। सबैले उनलाई गाउँमा ‘उडनपरी पड्दादी’ भनेर बोलाउने गर्छन्। उनी गाउँमा खेत तथा घरमा समेत काम गर्दै सक्रिय रहने गरेको बताइएको छ। उनी यो उमेरमा पनि ५ देखि ६ किलोमिटर दौडिने गरेको स्थानीयहरू बताउँछन्।
१ जनवरी १९१७ मा जन्मिएकी राम बाई वृद्ध एथ्लेटिक्स खेलाडी हुन्। उनले नोभेम्बर २०२१ मा वराणशीमा भएको मास्टर्स एथ्लेटिक्स मिटमा भाग लिएकी थिइन्। १०५ वर्षको वृद्दा अवस्थामा पनि उनले आफूलाई खेल जीवनको हिस्सा बनाउन गरेको मिहिनेत साँच्चिकै लोभलाग्दो छ।
राम बाईले खेतको कच्चा बाटोहरूमा एथ्लेटिक्सको अभ्यास गर्ने गरेकी छिन्।
उनी बिहान ४ बजे उठेर आफ्नो दिनको सुरुवात गर्ने गर्छिन्। लगातार दौडिने र हिँड्ने उनको नियमित बानी हो। आम जनजीवनलाई आधार मान्ने हो भने ८० वर्षमाथिको उमेरमा मानिसहरू आगनमा घुमडुल गर्न पनि मुस्किल पर्छ। आफ्नो विस्तारामा नै जीवन कटाउनु पर्ने बुढ्यौलीको वास्तविक्ता हो।
तर १०५ वर्षभन्दा माथिको जीवनन बिताइरहेकी उनको सक्रियता एथ्लेटिक्स ट्र्याकमा अलौकिक हो। उनले आफ्नो भोजनमा दही र दूध टुटाउँदिनन्। साथै उनी २५० ग्राम घ्यू रोटी या भातसँग खाने गरेकी छिन्। साथमा आधा किलो दही उनको दैनिकको खुराक हो।
छोरा र बुहारी पनि च्याम्पियन
राम बाईको पूरा परिवार नै खेलमा लागेको छ। उनकी छोरी ६२ वर्षीय सन्तरा देवी रिले दौडमा स्वर्णधारी हुन्। राम बाईका छोरा ७० वर्षीय मुख्तयार सिंहले २०० मिटर दौडमा कास्य पदक जितेका थिए। बुहारी भतेरीले पनि रिले दौडमा गोल्ड र २०० मिटरमा कास्य जित्दै आफ्नो परिवारिक विरासतलाई निरन्तरता दिएकी थिइन्