बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा : राष्ट्रपति रामचन्द्र पौडेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा : राष्ट्रपति रामचन्द्र पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको एकताले नै मुलुकको राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले नेपालीबिच राष्ट्रिय एकता, सहिष्णुता र सद्‍भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मुलुकमा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले मुलुकको धार्मिक सहिष्णुता र सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश दिँदै इद–उल–अज्हा (बकर इद) पर्वले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले मुलुकको आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउन मद्दत पुग्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इद पर्वमा शुभकामना सन्देश दिनुहुँदै यस पर्वले नेपालीहरूबिच मेलमिलाप, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई थप बलियो बनाउने बताउनु भएको छ। उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरण मिल्ने छ ।’’

यस्तै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बकर इद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउनुभएको छ।

इदका अवसरमा शुभकामना दिँदै उहाँले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोही अवसरमा शुभकामना दिनुहुँदै भन्नुभएको छ, ‘‘सुशासन, समृद्धि, सामाजिक न्यायको बाटो मार्फत समाजवादउन्मुख अर्थतन्त्र, राष्ट्रिय स्वाधिनता र सदभावयुक्त समाज निर्माणमा लाग्न इस्लाम धर्मावलम्बी सहित सबै समुदायमा हार्दिक आह्वान गर्दछु ।’’

 

यो पनि पढ्नुहोस्

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

३ घण्टा अगाडि
रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने

रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक