काठमाडाैं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भट्टराईलाई बिहीबार इलाममा कालो झण्डा देखाएका छन् ।
कोशी प्रदेशको नामकरणविरूद्ध आन्दोलनरत पहिचानवादीहरूले इलाम बजारमा भट्टराईलाई कालो झन्डा देखाएका हुन्।
यसअघि सांसद भट्टराईले प्रदेश १ को नाम कोशी राखेको कुराको समर्थन गरेका थिए।
उनले पहिचानवादी आन्दोलनविरूद्ध अभिव्यक्ति दिएको भन्दै पहिचानवादीहरूले विरोध गरेका थिए। सांसद भट्टराईको गाडीलाई अवरोध गर्दै आज पहिचानवादीहरूले उनीविरूद्ध नारासमेत लगाएका थिए।