काठमाडौँ / राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले भ्रष्टाचारका फाइल खोलेको छ भन्ने कुरा जनताले नपत्याउने बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले ‘भ्रष्टाचारका फाइल खोल्नु भनेको तँ रोएजस्तो गर्, म चिमाटेजस्तो गर्छु’ जस्तो भएको टिप्पणी गरे।
उनले नेपाली जनताले भ्रष्टाचारीलाई जोगाउनु हुँदैन भनिरहेको भए पनि भ्रष्टाचारी समातिने कुरा आफूलाई विश्वास नलागेको बताए।
उनले एउटा फाइल निकालेर तर्साउने काम यसअघिका सरकारले पनि गरेको भन्दै उनले नेपाली जनतालाई यसमा विश्वास नरहेको उल्लेख गरे।