शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । योसँगै प्रतियोगितामा दोस्रो हार बेहोरेको थाइल्यान्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाइनयान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो ।

आजको खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्यान्ड १३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । थाइल्यान्डका लागि ईसान बेर्नोजीले १६ रन बनाए भने ओपनर डानुफोनले १२ रन जोडे । त्यसबाहके अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

थाइल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्तोष यादव एक्लैले पाँच विकेट लिए भने अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए । त्यस्तै सुर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे ।

थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २र२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १र१ विकेट लिए । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा मलेसिया र थाइल्यान्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । रासस

यो पनि पढ्नुहोस्

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

१४ घण्टा अगाडि
टी–२० विश्वकप एसिया छनाेटमा नेपालकाे जित

टी–२० विश्वकप एसिया छनाेटमा नेपालकाे जित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक