काठमाडौँ- चर्चित चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा चिनियाँ धनाढ्य ज्याक मा नेपाल आएका छन्।
उनी मंगलबार विशेष विमानमार्फत नेपाल आइपुगेका हुन्।
उनी के कार्यक्रमका लागि नेपाल आएको भन्ने थाहा नभए पनि उनी तीन दिन नेपाल रहने सुरक्षा स्रोतले जानकारी दिएको छ। उनीसहित ७ जना आगन्तुकको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा बसेका छन्।