काठमाडाैं । साफ च्याम्पियनशिपमा आज नेपालले समूह चरणको अन्तिम खेल खेल्दै छ।
पाकिस्तान विरुद्धको खेल औपचारिकताका लागि मात्र हुनेछ। जारी साफ च्याम्पियनशिपमा आज नेपालले पाकिस्तानको सामना गर्दै छ। समूह चरणको अन्तिम खेलका रूपमा नेपाल आज पाकिस्तान विरुद्ध भिड्न लागेको हो।
पहिलो दुई खेल हारेर नेपाल र पाकिस्तान दुवै समूह चरणबाटै बाहिरिइसकेका छन्। दुवै टोलीका लागि आजको खेल औपचारिकता मात्र हुनेछ।
भारतको ब्याङ्लोरस्थित श्री कान्तिराव रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:४५ बाट खेल शुरू हुनेछ। हालसम्म नेपाल र पाकिस्तानबीच १८ खेल भएका छन्। त्यसमध्ये ६ खेलमा नेपाल विजयी भएको छ। यस्तै, पाँच खेल बराबरी हुँदा पाकिस्तानले सात खेलमा नेपाललाई हराएको छ।